
अलाया एफलाईले फिल्म ‘जवानी जानेमन’ मा निर्वाह गरेको भूमिका निकै मन पराइएको छ। उनले यसमा निर्वाह गरेको कलात्मक अभिनयले बलिउडमा गहिरो छाप छोडेको छ। फिल्मबाट पाएको प्रतिक्रियाबारे उनले भनिन्, ‘फिल्म रिलिजपछि मैले जुन प्रतिक्रिया पाएँ, मलाई यस्तो लाग्दैछ कि यो एक सपना हो।’
उनी विनम्र छिन्। अलायाले बलिउडमा आफू सफल अभिनेत्री दरिने सपना साकार पारेकी छन्। अहिले बलिउडका न्यु कमरका लागि उनी प्रेरणाको स्रोत नै बनेकी छन्। उनले यो पनि सावित गरिन् कि आफ्नो सपना पूरा गर्न दत्तचित्त भएर लाग्यो भने जरुर सम्भव छ।
अलायाले आफ्नो डेब्यु फिल्मबाटै धेरै फ्यान कमाएकी छन्। दमदार परफरमन्सका साथै उनले एक प्रमुख पत्रिकाको कभरमा पनि आफ्नो डेब्यु गरेकी छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।