×

NMB BANK
NIC ASIA

सहयोगी हातहरूको साथ

कोरोना संकटका बीच धुलिखेल चोकमा राखिएका पुराना जुत्ताको कथा

पैदल हिँडेर घर फर्किनेलाई निःशुल्क जुत्ता, खाजा र जीवनजल

काठमाडाैं | चैत २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अरनिको राजमार्ग र बीपी राजमार्ग छुट्टिने धुलिखेल चोकमा लगभग ५० जोर पुराना जुत्ता/चप्पल मिलाएर राखिएको छ । 

Muktinath Bank

हातमा ग्लोभ्स लगाएका एक युवाले ती पुराना जुत्ता चप्पललाई डिसइन्फेक्सन लिक्विड छर्किरहेका छन् । अर्कोपट्टि केही युवा खाजाको प्याक तयार गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एउटा टेबलमा ‘यो जुत्ताहरू तपाईं जो टाढा घरसम्म हिँडेर जाँदै हुनुहुन्छ र आवश्यक छ भने लगाएर हिँड्नु भए हुन्छ,’ लेखिएको ब्यानर छ । 


Advertisment
Nabil box
Kumari

बुधबार अपराह्न धुलिखेलमा देखिएको यो दृष्य, विश्वव्यापी महामारीले ल्याएको परिस्थितिले सिर्जना गरेको अवस्थाको उपज हो ।

Vianet communication
Laxmi Bank

कोरोनका कारण लकडाउनको अवस्था सिर्जना भएपछि काठमाडौं उपत्यका छाड्दै पैदल हिँडेर पूर्वी नेपालका जिल्लास्थित घर फर्किनेहरूका लागि धुलिखेलका युवाले थालेको अभियान हो यो । 

‘पैदलै तराई जान हिँडेका गरिब तथा दीनदुःखीको खुट्टामा फित्ते चप्पल देखेपछि उनीहरूलाई घरसम्म पुग्दा चप्पलले धोका नदेओस् भनेर स्वतःस्फुर्त रूपमा चोकमा जुत्ताचप्पल राखिदिएका हौं,’ एक स्वयंसेवीले लोकान्तरसँग भने । 

बीपी राजमार्ग हुँदै तराईका जिल्लासम्म हिँडेका ३ सयभन्दा बढीले पुराना जुत्ता लिएका छन् ।

‘एकजना दाइ एक्लै खोटाङ हिँड्नुभएको रहेछ, बनेपा आउँदा जुत्ता फाटेछ, यहाँ आएर एकजोर जुत्ता पाउँदा खुशी हुँदै लैजानुभयो,’ अर्का एक स्वयंसेवीले भने । 

लकडाउनका कारण जुत्ता पसल बन्द भएपछि सर्वसाधारणहरूले फित्ते चप्पलको भरमा तराईसम्मको यात्रा तय गरेका छन् ।

‘सप्तरी, सिराहा, महोत्तरीसम्म जानेको भीड बिहानदेखि बेलुकासम्मै लाग्ने गरेको छ, अबेर रातिसम्म पनि पैदल यात्रु हिँडिरहेका हुन्छन्,’ व्यवस्थापनमा खटिएका एक युवाले भने । 

यस्तो प्रेरणादायी समाजसेवामा लागेका युवाहरू आफ्नो नाम भने खुलाउन मान्दैनन् । ‘धुलिखेलका युवाहरू लेख्दिनु, हामी प्रचार गर्न चाहँदैनौं’ स्वयंसेवामा खटिएका युवाले भने ।

निकै कर गरेपछि अर्का एक युवाले साथीको नाम खुलाए– अभिषेक श्रेष्ठ । ‘यो धुलिखेलका युवाको सामूहिक प्रयास हो, सहयोगी हातहरू धेरै छन्,’ श्रेष्ठले लोकान्तरसँग भने । 

अभिषेक लगायतका युवाले बीपी र अरनिको राजमार्ग हुँदै आफ्ना गाउँघर हिँडेका नागरिकलाई खाजाको पोका र पानीका बोत्तल पनि वितरण गरिरहेका छन् । 

‘चाउचाउ, बिस्कुट, च्युरा, दालमोठ राखिएको पोका बनाएर दिएका छौं, सबैलाई एउटा–एउटा जीवनजलको प्याकेट पनि दिएका छौं,’ अभिषेकले लोकान्तरसँग भने । युवाहरूले पुराना जुत्ता जम्मा गरेर धुलिखेल चोकमा राखेपछि स्थानीयले खाजाका लागि च्युरा, बिस्कुट, पानी निःशुल्क उपलब्ध गराइदिएका हुन् ।

‘कसैले नसोचेको विपत्ति आइलाग्यो, आफ्नो घर जानेका लागि बाटोमा अप्ठ्यारो नहोस् भनेर युवाहरूले भलो हुने काम गरे,’ धुलिखेलमा भेटिएका एक वृद्धले भने । 

बाटोमा पुराना जुत्ता तथा खानेपानी बाँड्न थालेको बिहीबार ४ दिन भएको छ । ‘पैदलै हिँडेर घर जाने क्रम नरोकिएसम्म हामीले बाटोमा सक्दो सहयोग गर्छौं,’ एक स्वयंसेवीले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x