
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः किरणकुमार श्रेष्ठ नियुक्त भएका छन्।
बैंकका अध्यक्ष निर्मलहरि अधिकारीको अध्यक्षतामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नै सीईओमा दोहोर्याउने निर्णय गरेको हो।
यो निर्णयसँगै श्रेष्ठ आगामी चार वर्षका लागि सीईओमा पदमा रहनेछन्। उनको पदावधि भोलि (शुक्रबार) सकिँदै थियो।

यसअघि श्रेष्ठको विगत चार वर्षको कार्यसम्पादन मूल्यांकन गर्न बाेर्डले तीन सदस्यीय समिति गठन गरेको थियो। उक्त समितिले श्रेष्ठको कार्यसम्पादन सन्तोषजनक रहेको निष्कर्ष निकालेको थियो।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा पनि एक कार्यकाल पूरा गरेका व्यक्तिलाई पुनः अर्काे कार्यकालका लागि सीईओ नियुक्त गर्न सक्ने प्रावधान छ।

फोटो स्रोत:अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माको फेसबुकबाट।