
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसल बिन परहान अल सउदसँग टेलिफोन वार्ता गरेर त्यहाँ कार्यरत नेपाली श्रमिकको अवस्थाबारे जानकारी दिएका छन्।
मन्त्री ज्ञवालीले नेपाली श्रमिकलाई सामाजिक सुरक्षा र स्वास्थ्य सेवा आवश्यक पर्नसक्ने भएकाले त्यसतर्फ विचार गर्न राजकुमारसँग अनुरोध गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ।
जवाफमा साउदी राजकुमारले आफ्ना नागरिकसरह नेपाली कामदारलाई स्वास्थ्य सेवा प्रदान गरिएको र उनीहरुको रोजगारी तथा सुरक्षाप्रति आश्वस्त पारेका थिए।
कोरोनाको महामारी फैलिएका बेला विश्वका १९ देशका सरकार र तिनका केन्द्रीय बैंकका गभर्नर सदस्य रहेको अन्तर्राष्ट्रिय मञ्च (समूह-२०) को अध्यक्ष राष्ट्रका हैसियतमा साउदीले सदस्य देशसँग भिडियो कन्फ्रेन्सिङ गर्दै आएको छ।