
एउटा भ्रम छ, संकटमा महिला चाँडै नै हिम्मत हार्छन। र, फैसला गर्न सक्दैनन्।
तर, हालै भएको एक अध्ययनबाट यो पत्ता लागेको छ कि पुरुषको तुलनामा महिला राम्रोसँग ड्राइभिङ (गाडी चलाउँछन्) गर्छन्।
रिपोर्ट अनुसार पुरुष खतरनाक ढंगबाट ड्राइभिङ गर्छन् र उनीहरु आफ्नो मात्र नभइ अरुको ज्यान पनि खतरामा राख्छन्। यो अध्ययन जर्नल इन्जरी प्रिवेन्शनमा प्रकाशित भएको छ।
शोधकर्ताका अनुसार यदि अधिक महिलालाई ट्रक चलाउने रोजगार मिलेमा सडक धेरै हदसम्म सुरक्षित हुनेछ। किनकी ज्यादा ड्राइभरको जागिर गर्ने पुरुष पुरुष खतरनाक ढंगबाट गाडी चलाउने सम्भावना धेरै रहन्छ।