२७ असार २०८३, शनिबार

हिमताल फुट्दा करोडौंको क्षति, जाने बाटो बन्द

कात्तिक २०, २०७४
हिमताल फुट्दा करोडौंको क्षति,  जाने बाटो बन्द
काठमाडौँ, १० बैशाख - मकालु हिम श्रङखला अन्तर्गत ४४१० मिटर उचाइमा रहेको लाङमाले हिमताल बिहिबार दिउसो बिष्फोटन हुदाँ करोडौंको क्षति भएको छ । यउपा पिकको फेदमा रहेको हिमताल बिष्फोटन हुदाँ होटल, गोठ, पुल र चौपायमा बगाएको हो । यता मकालु हिमाल आरोहणका लागि हिडेका पर्यटक समेत बाटो बगाए पछि विचबाटोमै अलपत्र परेका छन् ।himtal
स्थानीय होटल व्यवसायी छेपाल शेर्पाका अनुसार बाढीले बरूण उपत्यका भित्रका ज्याक खर्क, याङ्लेखर्क र तातोसोका ६ बढी गोठ र एक होटल एक दर्जन फड्के पुल, एक होटल, एक गुम्बा र छ वटा गोड बगाएको बताए । बाढीले मकालु वालाखर्कका रिन्जी शेर्पाको करिव दुई दर्जन बढी याक र चौरी बगाए अनुमान छ । बाढीले बाटो बगाए पछि मकालु हिमाल आरोहण र अवलोकनका लागि पुगेका पर्यटक अलपत्र परेका छन् । पर्यटन विभागमा ६ जना आरोहीले मकालु आरोहण आरोहणका लागि अनुमती लिएका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

जाने बाटो नभए पछि यस बर्ष मकालु हिमाल आरोहण समेत रोकिन सक्ने स्थानीय छेपाल शेर्पाको भनाई छ । २०५० सालमा विष्फोटन भएको यो ताल बार्षिक रुपमा सामान्य बिष्फोट हुने गरेको शेर्पाले जानकारी दिए । बाढीले होटल बगाउदा छेपाल शेर्पाको मात्र करिव एक करोड बरावरको धनमाल बगाएको निकुन्जको प्रारम्भीक अनुमान छ ।
मकालु क्षेत्रको ठूलो हिमताल ठूलो पोखरी पनि विष्फोटको जोखिममा रहेको अध्ययनले देखाएको छ । पछिल्लो समय बढी हिमपात भएकाले पानीको सतह बढ्दा हिमताल फुटेको हुनसक्ने मकालु बरुण राष्ट्रिय निकुन्जका लाकपद कुलुङले बताए । मकालु आधारशिविर देखि दुई घण्टा दक्षिणमा रहेको यो हिमतालको अवस्था बारे कसैलाई पनि जानकारी नभएको भन्दै तत्काल अवस्थाको जानकारी दिन स्थानीयबासीले सरकारसँग माग गरेका छन् । गोठालोले मात्र देखेको यो ताल अत्यन्तै खतरामा रहेको छेपालको भनाई छ । याङमाले हिमतालबाट सिर्जना भएको खोला बरुण नदिमा आएर मिसिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्