मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
चैत २८, २०७६
कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भनेर सरकारले घोषणा गरेको लक-डाउनले शुरूमा दैनिक ज्याला मजदूरी गर्नेहरूलाई समस्यामा पार्यो भने त्यसपछि बिस्तारै किसानलाई मर्का पारिरहेको छ । दैनिक ज्यालादारी गरेर खानेहरूलाई सरकारले स्थानीय तहको समन्वयमा राहत वितरणको काम गरिरहेको छ, तर किसानहरूले उत्पादन गरेका तरकारी, दूध, मासुजन्य वस्तुहरू भने बिक्न छाडेका छन् ।
देशभरिबाट कतै दूध नष्ट गरेको, कतै केरा, कतै कुखुराका चल्लाहरू नष्ट गरिएको समाचार आउन शुरू भएलगत्तै आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय लगायत सरोकारवाला निकायहरूले यो समस्या समाधान गर्न आफूहरू लागिपरेको दाबी गरिरहेका छन् ।
तरकारी उत्पादन र बिक्रीका सन्दर्भमा अर्को एउटा समस्या पनि छ, त्यो हो भारतबाट तरकारीको आयात नरोकिनु । आन्तरिक आवागमन ठप्प भएपछि नेपाली कृषकहरूले तरकारीजन्य उत्पादनहरू बिक्री गर्न सकेका छैनन् भने भारतबाट निरन्तर आयात भइरहेको छ ।
कृषकहरूको समस्या सरकारले तत्काल समाधान नगर्ने हो भने किसानहरू हतोत्साहित हुने, कृषिमा थप लगानी नगर्ने र आगामी दिनमा उत्पादन झनै घट्ने समस्या आउन सक्छन् ।
कतिपयले नेपाली बजारमा तरकारी खपत नै हुन छाडेको टिप्पणी गरेका छन् । यो टिप्पणीका पछाडि २ वटा तर्क छन् । पहिलो त कोभिड– १९ को संक्रमणको डरले मान्छेहरूले तरकारी खान छाडेको र दोस्रो आपूर्ति नै नभएको अवस्थामा स्वतः खपत कम हुने स्थिति बनेको छ । तर नेपालमा संक्रमण महामारीको रूपमा नफैलिएकाले नेपाली कृषकहरूले उत्पादन गरेका तरकारीजन्य उत्पादनमा संक्रमणको खतरा खासै नहुने विज्ञहरू भनाइ छ ।
तरकारीबाट संक्रमण हुने जोखिम कति छ ?
भारतबाट ट्रकमा आपूर्ति हुने तरकारी पनि लामो समय लाग्ने भएकाले त्यति ठूलो जोखिम नभएको जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे बताउँछन् । ‘इन्डियाबाट प्याक गरेर यहाँ ल्याएको हुन्छ, केही समय हावामा रहन्छ, समय लाग्छ,’ उनले भने, ‘काठमाडौंमा ल्याइएको तरकारीमा त्यति धेरै जोखिम नहोला ।’
उनले सीमापारिबाट ठेलामा ल्याएर बेच्नेहरूबाट बढी जोखिम रहेको बताए । सीमा क्षेत्रमा रहेका बजारहरूमा भारतबाट आएका तरकारीहरू ठूलो मात्रामा बिक्री हुने गरेका छन् ।
‘बोर्डर पारिबाट ठेलामा ल्याएर वा सानो–सानो परिमाणमा ल्याएर सीमा क्षेत्रमा बेचिने तरकारीबाट संक्रमणको जोखिम हुन सक्छ,’ डाक्टर पाण्डेले भने, ‘जहाँ कोरोनाको संक्रमण देखिएको छ, ती क्षेत्रका मानिसहरूले साइकलमा ल्याएर तरकारी बेच्ने गर्छन्, त्यसमा भने जोखिम छ ।’
तरकारीबाट मात्र नभएर तरकारी बेच्नेहरूले प्रयोग गर्ने ढक–तराजु पनि संक्रमित हुन सक्ने डाक्टर पाण्डेले बताए । ‘पैसामा पनि संक्रमण भएको हुनसक्छ, त्यसका लागि सुरक्षाका प्रचुर उपाय अपनाउनु पर्छ,’ उनले लोकान्तरसँग भने ।
डाक्टर पाण्डेले नेपालीहरूले तरकारी बढी नै पकाएर खाने हुँदा पकाएको तरकारीमा कोरोनाका भाइरस नरहने बताए । ‘१०० डिग्री सेल्सियसभन्दा बढीको तापक्रममा कोरोना जीवित रहँदैन । तरकारी पकाएर खाँदा संक्रमणको डर मान्नुपर्दैन, तर त्यो तरकारी घरसम्म ल्याउँदा र काटकुट गर्दा अलिकति जोगिनु भने पर्छ,’ उनको भनाइ छ ।
नेपालमै उत्पादित तरकारी स्थानीय निकायको समन्वयबाट खपत गर्न सकिएला ?
नेपाली किसानहरूले उत्पादन गरेको तरकारी बारीमै कुहिने स्थिति आएको भन्दै डाक्टर पाण्डे त्यसलाई सरकारको पहलबाट रोक्न सकिने बताउँछन् ।
‘फ्रान्सका स्वास्थ्यमन्त्रीले केही दिनअघि सार्वजनिक आह्वान गर्दै आफ्ना जनतालाई फ्रान्सको तरकारी र फलफूलहरू किन्दिनुस् भनेका थिए । तपाईंहरूले किन्दिनुभयो भने हाम्रा किसानहरू पनि बाँच्छन् । उत्पादन गर्ने हौसला प्राप्त हुन्छ,’ उनले भने, ‘नेपाल सरकारले पनि यो आह्वान गर्न सक्छ । अहिले सरकारी गाडीहरू हिँडिरहेका छन्, साझाका गाडीहरू पनि हिँडेका छन् । खाद्य संस्थानका गाडीहरू थुप्रो छ । सबैलाई प्रयोग गरेर स्थानीय बजारसम्म उत्पादित तरकारी पुर्याउन सक्नुपर्छ ।’
उनले यो बेलामा इम्युनिटी पावर बढाउन पनि तरकारीजन्य वस्तुहरू खानुपर्ने र यसको खपत बढ्नुपर्ने बताए । ‘नजिकको सहरमा सप्लाई गर्न सरकारले नसके निजी क्षेत्रलाई जिम्मा दिए हुन्छ । हामीले दूध खाना पाइरहेका छैनौं, उता नष्ट भइरहेको छ । माग र आपूर्तिलाई सन्तुलनमा ल्याउनुपर्यो । सरकारले सके गर्नुपर्यो, नत्र निजी क्षेत्रलाई पर्याप्त स्वास्थ्य मापदण्ड अपनाएर उक्त काम गर्न दिनुपर्छ,’ डाक्टर पाण्डेले भने ।
समाचारमा आएजस्तो समस्या छैन – कृषि मन्त्रालय
कृषि मन्त्रालयका सहसचिव दुर्गादत्त आचार्यले सबै नेपाली किसानहरूको तरकारी बारीमै नकुहिएको दाबी गरे । आचार्यले लोकान्तरसँग भने, ‘केही ठाउँमा समस्या देखिएको साँचो हो, हामीले पाएको रिपोर्टअनुसार अधिकांश ठाउँमा नेपाली उत्पादनहरू बजारमा गइरहेका छन् ।’
उनले स्थानीय निकायले यो समस्यालाई हल गर्नुपर्ने बताए । ‘हामीसँग स्थानीय निकायहरू छन्, समन्वयका लागि बारम्बार निर्देशन पनि दिएका छौं,’ आचार्यले भने, ‘शुरूमा गाडीहरू चल्न सकेनन्, त्यसले समस्या निम्त्यायो ।
प्रशासनले पास वितरण गरिरहेको छ । तरकारीलाई अत्यावश्यक वस्तु मानेर ढुवानी गर्न दिन कहीँ समस्या छैन । अहिले अलिकति खपतमा पनि कमी आएकोले एकाध ठाउँमा यस्तो समस्या देखिएको हो कि !’
आचार्यले स्याङ्जाको फेदीखोला गाउँपालिकाका अध्यक्षले बिक्री हुन नसकेको तरकारी हामीलाई बेच्नुस् भनेर नोटिस जारी जानकारी आफूले पाएको बताए । ‘सबै ठाउँमा यस्तो हुने हो भने समस्या आउँदैन,’ उनले भने, ‘हामीले गृह प्रशासनसँग पनि र इमर्जेन्सी म्यानेजमेन्ट टीमसँग पनि तरकारी, दूध लगायतका वस्तुहरूको आपूर्तिको बारेमा छलफल गरिरहेका छौं ।’
उनले भारतबाट तरकारीलगायतका अन्य धेरै कुराहरू आउने भएकाले तरकारी मात्र रोक्न भन्न नमिल्ने तर्क गरे । ‘भारतबाट आउने सामानहरूमा तरकारी मात्र रोक्ने कुरा अलि मिलेन,’ उनले भने, ‘अन्य कुराहरू पनि आइरहेका छन् । तरकारीको केसमा हामी पनि संवेदनशील छौं । कोरोनाबाट सुरक्षाको कुरा पनि आइरहेको छ ।’
भारतबाट तरकारी नमगाउन यतिबेला मन्त्रालयले ठूला तरकारी बिक्रेताहरूसँग निरन्तर छलफल गरिरहेको उनले बताए । ‘उहाँहरूले भारतबाट नमगाउने भन्दा हुन्छ, हुन्छ त भन्नुहुन्छ तर तरकारी आपूर्ति गर्ने पुरानै नेटवर्क कायम रहेकाले त्यसलाई पूर्णरूपमा रोक्न सकिएको छैन,’ आचार्यले भने, ‘कोभिड– १९ को संक्रमणको जोखिम न्यूनीकरण गर्न भारतबाट आउने तरकारीहरूलाई नेपालकै गाडीमा लोड गरेर ल्याउन पनि हामीले आग्रह गरेका छौं ।’
व्यवस्थापनमा सरकार चुक्यो – पूर्व कृषिमन्त्री यादव
पूर्व कृषिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादवले तरकारी आपूर्तिको मामिलामा सरकार चुकेको टिप्पणी गरे । ‘यतिबेला अत्यावश्यक वस्तुहरूको व्यवस्थापन गर्न सरकार चुकेको देखिन्छ,’ यादवले लोकान्तरसँग भने, ‘स्थानीय उत्पादनलाई बजार लैजान सरकारले दिइरहेको छैन । भारतबाट आउने तरकारीबाट पनि सक्रमणको जोखिम उत्तिकै छ । सरकारले यसको व्यवस्थापन गर्न सकेको देखिएन ।’
उनले आपूर्तिको सहज व्यवस्था मिलाउन र नेपाली किसानहरूलाई परेको समस्या समाधान गर्न ढिला भइसकेको बताए । ‘सरकार नै लाग्नुपर्छ यसमा,’ उनले भने, ‘स्थानीय निकायहरूसँग समन्वय गरेर जहाँ समस्या छ, त्यसलाई तत्काल हल गरिनुपर्छ ।’
आपूर्ति मन्त्रालय गम्भीर ढंगले लागिपरेको छ – राज्यमन्त्री दुगड
उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड सरकार गम्भीर ढंगबाट यसको समाधान गर्न लागिपरेको दाबी गर्छन् । ‘तरकारीहरूको ट्रान्सपोर्ट नभएर अहिले अलिकति गाह्रो भइरहेको छ,’ दुगडले लोकान्तरसँग भने, ‘केही तरकारीहरू बारीमै छ, कतिपय ठाउँहरूबाट उठाउन सकिएको छैन । अहिले हामीले त्यसको खोजी गर्दैछौं ।’
राज्यमन्त्री दुगडले उद्योग मन्त्रालयले समन्वय गरेर त्यस्ता ठाउँहरूबाट तरकारी ल्याउने र होलसेलमा बिक्री गराउने प्रक्रिया थालिसकेको बताए । ‘हामीले खाद्य संस्थानमार्फत् पनि बिक्री गराउने योजना बनाएका छौं,’ उनले भने, ‘भारतबाट पनि पहिलाजस्तो अहिले तरकारी आएको छैन । आएको भएपनि त्यो ताजा हुँदैन । हाम्रा नागरिकहरूले सकेसम्म देशमै उत्पादन भएका तरकारीहरू खपत गरिदिएहुन्थ्यो । आन्तरिक आपूर्तिको व्यवस्था गराउन कसरी सकिन्छ भनेर हामी छलफलमै छौं र आवश्यक ठाउँमा सहजीकरण गरिरहेका छौं ।’
भारतबाट आउने तरकारीका ट्रक चितवनमा रोक्न दिएका छैनौं – भरतपुर महानगरपालिका, मेयर दाहाल
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भारतबाट तरकारी बोकेर आउने ट्रकहरू चितवनमा रोक्न नदिन पहल गरिरहेको बताइन् ।
‘यहाँ स्थानीय उत्पादनहरू बिक्री भइरहेका छैनन्, समस्या बढिरहेको छ,’ दाहालले भनिन्, ‘तरकारी, दूध, पोल्ट्री उत्पादनहरूले बजार नपाएको अवस्था छ । भरतपुर महानगरपालिकाको आफ्नै सब्जी मण्डी पनि यतिबेला बन्द भएको अवस्था छ । हामी यस समस्यालाई समाधान गर्न आजै बैठक पनि बसेका थियौं ।’
उनले वडामा ठाउँ निश्चित गर्ने आवागमनदेखि लिएर सबै व्यवस्थापन प्रशासनले सहजीकरण गर्ने, तरकारी उत्पादन संस्थाहरूले ठाउँको खोजी गर्ने र बिक्री गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइन् । ‘यतिबेला माग पनि बढिरहेको छ,’ उनले भनिन्, ‘व्यवस्थापन गर्न नसकिएको अवस्था हो यो ।’
मेयर दाहालले भारतबाट काठमाडौँ जान भनेर आएका तरकारीका ट्रकहरू चितवनमै रोक्ने समस्या रहेको बताइन् । ‘अहिलेसम्म त्यस्तो हुने गर्थ्यो, अहिले हामीले स्थानीय प्रशासनलाई भनेर त्यस्ता ट्रकहरू नरोक्ने वातावरण मिलाउँदैछौं ।’
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...