२५ जेठ २०८३, सोमबार

नेपालबाट भारत गएर कोरोना फैलाउने योजना बनाउने मानिसमाथि निगरानी बढाउन भन्दै पत्र सार्वजनिक

चैत २८, २०७६
नेपालबाट भारत गएर कोरोना फैलाउने योजना बनाउने मानिसमाथि निगरानी बढाउन भन्दै पत्र सार्वजनिक

भारतको बिहार राज्यको बेतियामा रहेको कलेक्टर अफिसले नेपालबाट भारत प्रवेश गरेर कोरोनाभाइरस फैलाउने षड्यन्त्र गरेको भन्दै सतर्क रहन आग्रह गरेको छ । 

मंगलवार प्रहरी अधीक्षकलाई एक पत्र लेखेर जिल्ला पदाधिकारी कुन्दन कुमारले जालिम मुखिया नामक व्यक्ति नेपालबाट कोरोना महामारी फैलाउने योजना बनाइरहेको जानकारी दिए । उक्त व्यक्ति पर्सामा बस्ने र उसले सीमापारि हतियारको अनि नक्कली भारुको तस्करी गर्ने गरेको पनि पत्रमा उल्लेख छ । 

ऊसँगै ४० देखि ५० मानिस पनि भारत आउन लागेको पत्रमा लेखिएको छ । 

भारत नेपाल सीमामा यथेष्ट सतर्कता अपनाउँदै सबै किसिमका शंकास्पद गतिविधिमाथि कडा निगरानी बढाउन पनि पत्रमा निर्देशन दिइएको छ । 

सशस्त्र सीमा बलका डीजीले सीमामा आफूहरूले निकै कडीकडाउ गरेको र नेपालले पनि कडा निगरानी गरिरहेको बताएको समाचार संस्था एएनआईले लेखेको छ । जिल्ला पदाधिकारीको पत्र गोप्य सूचनामा आधारित रहेको उनले बताएको समाचारमा लेखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्