२३ जेठ २०८३, शनिबार

शनिवारदेखि क्वारेन्टाइनको स्थलगत अवलोकन, पर्सि प्रधानमन्त्रीलाई प्रतिवेदन

शनिवारदेखि क्वारेन्टाइनको स्थलगत अवलोकन, पर्सि प्रधानमन्त्रीलाई प्रतिवेदन

सरकारले देशभर स्थानीय तह तथा अन्य निकायमार्फत् व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन र आवश्यक सहजिकरण थाल्ने भएको छ ।

विदेशबाट आएका व्यक्तिहरु तथा शंकास्पद अन्य व्यक्तिहरुलाई कोरोना रोगबाट संक्रमण हुन नदिन सरकारले बनाएको क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालन कार्यविधी अनुसार मापदण्ड पुरा भए नभएको स्थलगत अनुगमन र आवश्यक सहजिकरण गर्न लागिएको हो ।

भोलि मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो ।

मन्त्रिपरिषद्को गत चैत्र १६ गतेको बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई अनुगमन र सहजिकरणको जिम्मेवजारी दिएको थियो ।

शुक्रबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उपत्यकाका १८ वटै नगरप्रमुख, तिन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाका क्वारिन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गरेका हुन् ।

छलफलमा मन्त्री मानन्धरले क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालन मापदण्डबारे जानकारी गराउँदै अब सरकारले भोलिदेखि अनुगमनलाई तिब्रता दिन लागेको जानकारी दिए । मुलुक विपद्को घडीमा रहेकाले तत्काल गर्नुपर्ने काममा कसैको मुख ताक्न नहुने बताउँदै मन्त्री मानन्धरले स्थानीय सरकारले गरिरहेको काम सन्तोषजनक रहेको भन्दै कार्यप्रति धन्यवाद दिए ।

स्थानीय सरकारले कोरोना नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयासमा साथ दिइरहेपनि कतै कतै अन्योल देखिएको भन्दै विपद्का बेला जनताको जीवन रक्षाका लागि छिटो र छरितो ढंगले काम गर्न आग्रह गरे ।

क्वारेन्टाइन निर्माण र व्यवस्थापन मापदण्ड अनसारको काम गर्न समस्या आए आफु सहजिकरणका लागि तयार भएको बताउँदै मन्त्री मानन्धरले विपद्को सामना गर्न गम्भिर ढंगले लाग्न सबैलाई आग्रह गरे । मन्त्री मानन्धरले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सञ्चालन गर्न सकिने अवस्थामा रहेका र सम्भावित स्थानको क्वारेन्टाइनको अवस्थाबारे दुई दिन भित्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई प्रतिवेदन दिइने बताउँदै उपत्यका भित्रको वास्तविक अवस्था र तयारीबारे आफुले भोलिदेखि नै अनुगमनलाई तिब्रता दिन लागेको जानकारी दिए ।

मन्त्री मानन्धरले निर्णायक निकायले चुस्ततापुर्वक काम गर्नपर्ने बताउँदै क्वारेन्टाइन व्यवस्थापनको खर्चबारे चिन्ता नलिन उपत्यकाका मेयरहरुलाई आग्रह गरे । सबै खर्च कोरोना उपचार तथा रोकथाम कोषमार्फत् हुने भएकाले निर्माण र व्यवस्थापनलाई चुस्त बनाउन नगरप्रमुखहरुलाई आग्रह गरे ।

अनुगमनपछि प्रतिवेदन बनाएर कार्यान्वयन गराउने प्रतिवद्धता जनाउँदै मन्त्री मानन्धरले क्वारेन्टाइनको चाबी बोकेर तयारी अवस्थामा रहन उपत्यकाका मेयरहरलाई आग्रह समेत गरे । होटलहरुलाई क्वारेन्टाइन निर्माणका लागि केही समयलाई सरकारीकरण गर्न सकिने बताउँदै मन्त्री मानन्धरले त्यसका लागि आवश्यक समन्वय स्थानीय सरकार मार्फत् हुने बताए ।

भक्तपुरको कृषि तालिम केन्द्रमा ६० बेड, खरिपाटीमा १७५ बेड तथा खानेपानी तालिम केन्द्रमा ७० बेड तयारी अवस्थामा रहेको छ । यस्तै ललितपुरको स्टाफ कलेजमा एक सय बेड तथा काठमाडौंको पशुपतिमा ७० बेड क्षमताको क्वारिन्टाइन मापदण्ड अनुसार रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्