
कोभिड १९ को उद्गमस्थल मानिने चीनको वुहानमा गरिएको एक अध्ययनले यस भाइरसबाट संक्रमित भएको मान्छेको मस्तिष्कको एक तिहाइ स्नायुतन्त्रलाई गम्भीर असर पर्ने निष्कर्ष निकालेको छ ।
कोरोनाको संक्रमणका कारण गम्भीर बिरामी भएकाहरूको हकमा भने मस्तिष्कको आधा भाग भन्दा बढी स्नायूतन्त्रमा असर पर्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
न्यूरोलोजिस्टको एक समूहले २ सय १४ संक्रमितमा यसको अध्ययन गरेका थिए । ३६ दशमलव ४ प्रतिशत बिरामीहरूको मस्तिष्कमा गम्भीर असर परेको देखिएको डेलीमेलको अनलाइन संस्करणमा प्रकाशित एक समाचारले दाबी गरेको छ ।
कतिपय गम्भीर बिरामीहरू कोरोनाको संक्रमणबाट मुक्त भइसकेपछि पनि काम्ने, सहीसँग बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ ।