२५ जेठ २०८३, सोमबार

पत्रकार उपाध्यायको पहलमा सुर्खेतका २ सय ३३ बाढीपीडित परिवारलाई राहत प्रदान

चैत २९, २०७६
पत्रकार उपाध्यायको पहलमा सुर्खेतका २ सय ३३ बाढीपीडित परिवारलाई राहत प्रदान

पत्रकार नगेन्द्र उपाध्यायको पहलमा २०७१ सालमा सुर्खेतमा आएको विनाशकार बाढीपीडित२३३ परिवारलाई राहत वितरण गरिएको छ ।

शुक्रवार मात्रै १२० घरधुरीलाई राहत बाँडिएको पत्रकार उपाध्यायले जानकारी दिए । पञ्चपुरीस्थित तिखाकुनामा रहेका बाढिपिडितलाई खाद्यान्न वितरण गरिएको थियो ।

‘१२० बोरा चामल, १२० प्याकेट पिठो, १२० प्याकेट तेल, १२० प्याकेट नुनसँगै प्रतिपरिवार पाँच किलो तरकारी राहत स्वरुप प्रदान गरेका छौं । यो सँगै हामीले एचआईभी संत्रमित परिवारलाई दुई–दुई बोरा चामल, तेल, नुन र पिठो पनि उपलब्ध गरायौ ।’

स्थानीय सरकार, प्रदेश सरकारसँगको समन्वयमा राहत रकम संकलन गर्दै राहत बाँडिएको उनको भनाइ छ ।

‘यो राहत उपलब्ध गराउनका लागि धेरैले सहयोग गर्नु भएको छ । क्लिन सुर्खेत, ग्रीन सुर्खेतका सामाजिक अभियन्ता डा. नवराज केसी र दक्षिण कोरियामा रहनु भएका अभियन्ता लक्ष्मीनारायण बस्नेतले एक लाख पाँच हजार,  लायन्स क्लव इन्टरनेशनल ३२५ बि २ नेपालले एक लाख एक हजार, राप्रपाका पूर्व महामन्त्री मुकुन्दश्याम गिरी रु पच्चीस हजार, तिलक आचार्य पाँच हजार एक सय, भरत रावल पाँच हजार , एक सय,  विशाल ढकाल ५ बोरा चामल, रामप्रसाद गौतम ५ बोरा चामल, नेविसंघ सुर्खेतका अध्यक्ष गौतम विसी तीन हजार र ॐ सिद्दिबिनायक कृषि फर्म विद्यापुरले सात क्वीन्टल तरकारी सहयोग गरेको छ,’ उनले भने, ‘डा नवराज केसीले कुइनेमा प्रदेश सरकारले स्थापना गरेको हेल्प डेक्सका लागि चार वटा पिपिई उपलब्ध गराउनु भएको छ । आजसम्म हामीले २३३ बाढीपीडित परिवारलाई राहत उपलब्ध गराएका छौं । अझ धेरै बाढीपीढितहरु हुनुहुन्छ । तपाईहरुको साथ, सहयोग र सद्भावको निरन्तर कामना गर्दछु ।’

उनले सुर्खेतका १०४५ बाढीपीडितलाई नै राहत बाँडने अभियानमा सहभागि भएको बताए । यसअघि गिरीघाटलगायतका अन्य स्थानमा पनि राहत वितरण गरिसकिएको छ । यसमा युवा व्यवसायी, समाजसेवी बखतबहादुर शाही, पत्रकार तिलक पौडेललगायत दर्जनौं व्यक्तिले सहयोग गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्