
प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई मुटुमा समस्या भएपछि शहीद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना भएका छन् ।
मुटुको भल्भमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लोकान्तरलाई बताए ।
प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराई बिरामी परेको जनाएका छन् । उनले ट्वीटरमा लेखेका छन्, गेट वेल सून राजन कमरेड ।