×

कांग्रेस सांसदले आफ्ना क्षेत्रका जनतालाई बाँडे सुरक्षा सामग्री

चैत २९, २०७६

नेपाली कांग्रेस प्रदेश ५ का सांसद बैजनाथ जयसवाल (कलवार) ले आफ्नो निर्वाचन क्षेत्रका सबै घरधुरीलाई स्वास्थ्य सुरक्षित सामग्री वितरण गरेका छन् ।

जयसवालले त्यहाँ रहेका १७ हजार घरधुरीलाई जनही २ थान मास्क, १५० एमएलको स्यानिटाइजर र एउटा साबुन वितरण गरेका हुन् ।


Advertisment

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित जयसवालले ३४ लाख बराबरको सुरक्षित सामग्री सर्वसाधारणलाई वितरण गर्न स्थानीय तहलाई हस्तान्तरण गरेका हुन् । उनी विकासप्रेमी नेता पनि मानिन्छन् । 


Advertisment

१८ वडा रहेको रामग्राम नगरपालिकाका १३ वटा वडा र पाल्हीनन्दन गाउँपालिकाका सबै (६) वटा वडाहरू उनको निर्वाचन क्षेत्रमा पर्दछन् । वितरण गरिएको सुरक्षित सामग्रीको मूल्य एक घरधुरीलाई जनही २ सयका दरले रहेको छ ।

‘विपन्नका लागि स्थानीय सरकारले राहत उपलब्ध गराउँदै आएका छन् । संघसंस्थाले पनि एकद्वार प्रणालीमार्फत राहत दिएका छन् । गाउँघरमा कोरोनाबाट सुरक्षित रहन सामान्य स्वास्थ्य सामग्री अभाव देखेकाले उपलब्ध गराएको हुँ,’ जयसवालले भने ।

सांसदबाट प्राप्त सुरक्षा सामग्री वडामा गठन भएका विपद् व्यवस्थापन समितिमार्फत जनताको घरघरमा पुर्‍याइदिने पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष पावित्रीकुमारी कोहारले बताइन् ।

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x