काठमाडौं, १० वैशाख– नेपाल टेलिकम (एनटीसी)ले इन्टेरनेट डाटा शुल्क सस्तो बनाएको छ । एनटीसीले ‘सस्तो अफर’ अन्तर्गत डाटाप्याकको शुल्क घटाएको हो ।
एनटीसीले ‘नाइट टाइम प्याक’, ‘अल टाइम प्याक’, ‘डे नाइट डाटा प्याक’ र ‘फेस बुक डाटा प्याक अल टाइम’ प्याकेजमा विभिन्न दरमा डाटा शुल्क तोकेको छ ।
एनटीसीको ‘नाइट डाटा प्याक’ अन्तर्गत ५४ रुपैयाँमा ५०० एमबी, ९० रुपैयाँमा १२०० एमबी, २०० रुपैयाँमा ३०७२ एमबी र ३०० रुपैयाँमा ६६६५ एमबी डाटा खरिद गर्न सकिने छ ।
यस्तै ‘अल टाइम प्याक’ अन्तर्गत १०० रुपैयाँमा ४०० एमबी, २०० रुपैयाँमा ८०० एमबी र ३०० रुपैयाँमा १५०० एमबी डाटा खरिद गर्न सकिने छ ।
यस्तै ‘डे नाइट डाटा प्याक’ योजना अन्तर्गत १०० रुपैयाँमा विहान ६ देखि साँझ ६ बजेसम्म १०० एमबी र राती १० देखि विहान ६ बजेसम्म ५०० एमबी डाटा खरिद गर्न सकिने छ । एनटीसीको ‘फेस बुक डाटा प्याक अल टाइम’ योजना अन्यतर्गत २२.६० रुपैयाँमा १०० एमबी डाटा खरिद गर्न सकिने छ ।
एनटीसीले आफ्नो उपभोक्ताका लागि ‘नाइट भ्वाइस प्याक’ समेत ल्याएको छ । जसअन्तर्गत राती १० देखि विहान ६ बजेको अवधिसम्म २५ रुपैयाँमा २५० मिनेट कुराकानी गर्न सकिने छ ।
एनटीसिले आफ्नो उपभोक्ताका लागि ‘नाइट भ्वाइस प्याक’ समेत ल्याएको छ । जसअन्तर्गत राती १० देखि विहान ६ बजेको अवधिसम्म २५ रुपैयाँमा २५० मिनेट कुराकानी गर्न सकिने छ ।
