१३ असार २०८३, शनिबार

परमाणु हतियार बनाउन कहाँबाट पैसा ल्याउँछ उत्तर कोरिया ?

कात्तिक २०, २०७४
परमाणु हतियार बनाउन कहाँबाट पैसा ल्याउँछ उत्तर कोरिया ?

सन् १९५० को दशकमा उत्तर कोरिया एशियाको सवैभन्दा धेरै उद्योग भएको देश मध्ये एक थियो । तर आज उसको अर्थव्यवस्ता ध्वस्त भएको देखिएको छ ।

अहिले उत्तरका मानिसको जीवनमा जोखिममा छ । उत्तर कोरियाको अमेरिका तथा अन्य देशसँग विवाद चलिरहेको छ । यो परमाणु कार्यक्रम तथा लामो दूरीको मिसाइलका कारण भइरहेको छ ।

उत्तर कोरियाले आफ्ना संस्थापक राष्टपति किम इल सुंगको १०५ औं जन्म जयन्तीको अवसर पारेर १५ अप्रिलमा राजधानी प्योंगयांगमा आयोजना गरेको परेडमा आफ्नो सैन्य तागतको प्रदर्शन गरेको थियो ।
यसमा नयाँ खालका वेलास्टिक मिसाइल तथा पान्डुवीसमेत थिए । अमेरिका तथा दक्षिण कोरियाका अनुसार यसको अघिल्लो दिन उत्तर कोरियाले एक नयाँ मिसाइल परीक्षण गरेको थियो जसमा उ असफल भएको छ ।

उत्तर कोरियासँग अलग अलग क्षमताका एक हजार भन्दा धेरै मिसाइल छन् । यसमा यस्ता खालमा मिसाइल पनि छन्, जो अमेरिका माथि निशाना बनाउन सक्छन् ।

दुनियका केही देशले यस्ता विकसित तथा महँगो तरिका विकसित गरेका छन् ।

आउनुस् थाहा पाउनुस्, आफ्ना मिसाइल कार्यक्रममा कति तथा कहाँबाट पैसा खर्च गर्छ उत्तर कोरिया ।
पहिलो कुरा यसका लागि उसका लागि विदेशी मुद्राको आवश्यकता पर्छ ।

कयौं मानिसहरुलाई यस्तो लाग्छ की उत्तर कोरियाले धेरै विदेशी प्रविधिलाई हासिल गरेको छ । जसमा केही सेनाको जरुरतको लागि आवश्यक सामान रहेको छ ।
उत्तर कोरिया विश्वका केही यस्ता देश मध्ये पर्दछ जसको अर्थव्यवस्थामाथि केन्द्र सरकारको नियन्त्रण रहेको छ ।

अमेरिकाको जासूसी संस्था सीआईएको अनुमान अनुसार उत्तर कोरियाको अर्थव्यवस्था करिब ४० अर्ब डलरको छ । यो अर्थव्यवस्था होन्डुरसको जति हो ।

उत्तर कोरियाको कुल निर्यात करिब पौने चार अरब अमेरिकी डलर छ । करिब यतिनै निर्यात मोजाम्बिक र यूरोपको सानो देश सन मारीनो गर्छन् ।

उत्तरले निर्यात गर्ने सामानमा खनिज, धातुबाट बनेका सामान, युद्धका सामान, कपडा, कृषि उत्पादन तथा माछा रहेका छन् ।

तर प्रश्न यो उठ्छ कि ल्याटीन अमेरिकाको गरिब देशको जत्रो अर्थव्यवस्था भएको एउटा देशले परमाणु कार्यक्रमको खर्च कसरी उठाउन सक्छ ?

यो मामलामा उत्तर दुनियाको २३० देशको सूचीमा २०६ औं नम्बरमा छ । उत्तर कोरियाले १९९०को दशकमा ठूलो भोकमारीको सामना गरेको थियो ।
सन् २००९ सम्म उसको अवस्था नाजुक भएको रिपोर्टहरु सार्वजनिक भएको थियो । जबसम्म उसलाई अन्तर्राष्टिय खाद्य सहायता प्राप्त भएन त्यतिबेलासम्म उसको अवस्था नाजुन नै थियो ।

पछिल्ला दिनहरुमा उसको घरेलु कृषि उत्पादनमा सुधार आएको अनुमानहरु गरिएको छ । अब प्रश्न उठ्छ उसको उत्पादनलाई कसले किन्छ ?

चीन उत्तर कोरियाको मुख्य राजनीतिक सहयोगी हो । चीनले उसको कुल उत्पादनको ५४ प्रतिशत किन्ने गरेको छ । यस मामलामा दोस्रो स्थालमा अल्जेरिया छ जो उत्तर कोरियाको ३० प्रतिशत सामान किन्छ । यसका अलावा उत्तर कोरियाको निर्यातको १६ प्रतिशत हिस्सा दक्षिण कोरियामा जान्छ । तर, दक्षिणसँग उत्तरको पुरानो विवाद छ ।

यति धेरै विवाद दोस्रो विश्वयुद्धपछि कुनै पनि देशहरुबीच देखिएको छैन । यति हुँदा हुँदै पनि दुवै देशहरुले आफ्नो आर्थित हितलाई बढाएका छन् ।
उत्तर कोरियामा दक्षिण कोरियाको लगानी उसको विदेशी मुद्राको महत्वपूर्ण स्रोत हो । दक्षिण कोरियाको सवैभन्दा महत्वपूर्ण लगानी केसांग औद्योगिक कम्प्लेक्समा भएको छ ।

तर, अब यसमा पनि रोकावट हुने तहमा पुगेको छ । बुधबार दक्षिण कोरिया सरकारले मिसाइल परीक्षणपछि दुई देशकाबीच बढेको तनावका कारण आफ्नो सहभागिता स्थगित गरेको छ ।

यसबाहेक केही देशले उत्तर कोरियामाथि लगाएको आर्थिक प्रतिवन्धले उसको अर्थव्यवस्था कमजोर हुनेछ । पछिल्लोपटक जापानले उत्तरमाथि आर्थिक प्रतिवन्ध लगाएको छ ।

उत्तर कोरियाका नेता किन जोन उन जबसम्म आफ्ना नागरिकसँग त्यागको अपेक्षा गर्छन् त्यतिबेलासम्म उसले आफ्नो सैन्य क्षमता विस्तार गरिरहने छ ।

बीबीसीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्