०३ असार २०८३, बुधबार

समस्याका बेला राष्ट्रिय सहमतिका लागि राजपाको अपिल

बैशाख १, २०७७
समस्याका बेला राष्ट्रिय सहमतिका लागि राजपाको अपिल

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मुलुकमा देखिएका सबैखाले समस्याको समाधानका निम्ति राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिएको छ ।

नयाँ वर्ष २०७७ को उपलक्ष्यमा राजपाले सोमवार एक शुभकामना सन्देश जारी गर्दै सरकारको तर्फबाट अझै प्रभावकारी भूमिकाका निम्ति सबै प्रकारको समस्याबाट मुक्ति पाउन सबैलाई समेटेर राष्ट्रिय सहमतिका लागि छलफल अगाडि बढाउन आग्रह गरेको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन घोषणा भएका अवस्थामा आम नेपाली जनसमुदायले आआफ्नो घरमै सेल्फ क्वारेन्टाइनमा बसी देखाएको धैर्यता र साहसको प्रशंसा गर्दै राजपाले आगामी दिनमा अझै परिस्थिति प्रतिकूल रहने सम्भावना देखिएकाले सजग र संयमित भई लकडाउनको नियम पालना गर्न पनि अपिल गरेको छ । 

राजपाले नव वर्ष २०७७ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उत्तरोत्तर प्रगति तथा सुख, समृद्धि, सुस्वास्थ र दीर्घायुको मंगलमय शुभकामना व्यक्त गरेको छ ।

विश्वभर फैलिएको कोभिड–१९ को महामारीबाट सबैले मुक्ति पाउन भनी प्रार्थनासमेत गरिएको राजपाका संयोजक शरतसिंह भण्डारीद्वार हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्