०६ असार २०८३, शनिबार

पूर्वराजकुमारी प्रेरणा नर्भिकबाट डिस्चार्ज, मस्तिष्कमा रगत जम्ने रोग लागेको अस्पतालको भनाइ

कात्तिक २०, २०७४
पूर्वराजकुमारी प्रेरणा नर्भिकबाट डिस्चार्ज, मस्तिष्कमा रगत जम्ने रोग लागेको अस्पतालको भनाइ

काठमाडौं, १० वैशाख — पूर्वराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहलाई मस्तिष्कमा रगत जम्ने रोग (सेरेब्रल भेनुअस साइनस थ्रोम्बोसिस) लागेको र उपचारपछि उनी लगभग ठीक भएकोे नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले आइतवार जनाएको छ ।


गत वर्ष चैत २५ गते नर्भिकमा भर्ना भएकी प्रेरणा अहिले लगभग ठीक भएर कुनै सहायता नलिई हिँडडुल गर्न सक्ने भएको अस्पतालले जानकारी दिएको छ । आजै उनी अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

उपचार गर्ने चिकित्सक र भेट्न आउने शुभचिन्तकहरूलाई प्रेरणाले धन्यवाद प्रकट गरेकी छन् ।

नर्भिकका कन्सल्ट्यान्ट न्युरोलोजिस्ट डा. पंकज जालान र पारिवारिक चिकित्सक डा. किशोर जंग राणाले उनको उपचार गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्