
भारतमा कोरोना भाइरस (कोभिड १९) का संक्रमितको संख्या ९ हजार ३ सय ५२ पुगेको छ।
संक्रमितमध्ये ३ सय २४ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। ९ सय ७९ जना उपचार पश्चात निको भएर घर फर्किएका छन्। गएको २४ घन्टायता मात्र भारतमा ९ सय ५ जना नयाँ संक्रमित थपिएका छन्, भने ५१ जनाको ज्यान गएको छ।
भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । त्यहाँ १ सय जनाको ज्यान गइसकेको छ, भने संक्रमितको संख्या १ हजार ५ सय पुगेको छ।