
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सबै प्रकारका विपत्ति सामना गर्न सक्ने गरी पूर्वाधारको विकासमा जोड दिइने प्रतिबद्धता व्यक्त गरेका छन्।
नयाँ वर्ष २०७७ का अवसरमा सोमबार शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले हाम्रा स्वास्थ्य संस्था हरेक स्वास्थ्य समस्याको सामना गर्न सक्षम हुँदै गएको जिकिर पनि गरे।
कोभिड–१९ को महामारीले हामीलाई ठूलो पाठ सिकाएको बताउँदै उनले हाम्रा जीवनशैली, व्यवहार, आहारविहार र आनीबानीमा पनि थुप्रै सुधार भएको पनि जिकिर गरे।