०३ असार २०८३, बुधबार

कोभिड विरुद्धको सहयोग तेब्बर

बैशाख २, २०७७
कोभिड विरुद्धको सहयोग तेब्बर

 एसियाली विकास बैङ्क (एडीबी)ले कोरोना महामारी प्रभावविरुद्ध यसअघि घोषणा गरेको आर्थिक सहयोगको तीन गुणाले बढाएर २० अर्ब अमेरिकी डलर पुर्‍याएको छ ।

मार्च १८ घोषणा गर्दा सहयोग प्याकेज ६.५ अर्ब डलरको थियो । २० अर्ब डलरको आर्थिक सहयोग विकासोन्मुख सदस्य राष्ट्रको अर्थतन्त्रमा उत्पन्न आर्थिक जटिलताको सामना गर्न सघाउने गरी बढाइएको एडीबीले जनाएको छ ।

यससँगै सहयोगअन्तर्गतको रकम छिटोछरितो रूपमा उपलब्ध गराउने गरी मापदण्डसमेत निर्धारण भएको जनाइएको छ । घोषित रकममध्ये २.५ अर्ब डलर सहुलियतपूर्ण र अनुदानका रूपमा उपलब्ध गराइने एडीबी मुख्यालयले उल्लेख गरेको छ ।

कोरोना महामारीले एसिया तथा प्रशान्त क्षेत्रमा विगतमा भइरहेको गरिबी निवारण अर्थिक वृद्धिजस्ता उपलब्धिलाई उल्टाइदिने देखिएको भन्दै एडीबीका अध्यक्ष मासातस्गु आस्कावाले यो प्याकेज छिटोछरितो रूपमा उपलब्ध गराइने प्रतिबद्धता बताएका छन् ।

घोषित सहयोग एडीबीका देशीय संरचनामार्फत त्यहाँका सरकारलाई कोभिड प्रभाव न्यूनीकरण कार्यक्रममा सघाइने उल्लेख छ । प्योकजलाई न्यून आय वर्ग र जोखिममा परेका जनताको जीवनस्तर उकास्न केन्द्रित गरिने एडीबीले जनाएको छ ।
२.५ अर्ब डलरको अनुदान भने तत्काल आवश्यक स्वास्थ्य सामग्री किन्न उपलब्ध हुने र दुई अर्ब डलर निजी क्षेत्रको उत्थानमा केन्द्रित गरिने एडीबीले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्