काठमाडौं, १० बैशाख - विश्वमै नयाँ प्रयोग गरिएको भनिएको चलचित्र ‘जालो’ को ट्रेलर युट्युबमा एक नम्बर ट्रेन्डिङमा उक्लिएको छ । अराज केशवको व्यानरमा बनाएको चलचित्र ‘जालो’ अन कट फिल्म भनिएको छ । अर्थात, चलचित्र सुरु भएदेखि अन्तिमसम्म एकपटक पनि काटिएको छैन ।

लेखन समेत अराज केशवले लेखेको चलचित्रमा अनुपप विक्रम शाही, मेनुका प्रधान, रेमनदास श्रेष्ठ, नीर शाह लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रलाई हरि घलेले सिंगल शटमा खिचेका हुन् भने चलचित्रलाई मोहित मुनाल र अराज केशवले संयुक्त रुपमा निर्माण गरेका हुन् ।