०२ असार २०८३, मंगलबार

मेघगर्जनसहित वर्षाको सम्भावना

बैशाख २, २०७७
मेघगर्जनसहित वर्षाको सम्भावना
प्रतिकात्मक तस्वीर

पश्चिमी र स्थानीय वायुको प्रभावले मंगलवार देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशमा स्थानीय वायुको प्रभाव सँगसँगै पश्चिमी वायुको प्रभाव रहेकाले मेघ गर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए ।

उनका अनुसार मंगलवार देशको मध्यपहाडी भू–भागमा मध्याह्नपछि हावाहुरी, मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभाव मंगलवार रातिसम्म कायम रहने जनाएको छ । 

हाल देशको पश्चिमी पहाडी भू–भाग तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मध्य र पश्चिमी पहाडी भू–भागका केही स्थानमा र पूर्वका १–२ स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ । 

बुधवार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । बिहीवार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू–भागका १–२ स्थानका साथै पूर्वी भू–भागका केही स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षा सम्भावना रहेका औंल्याइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ९ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्