०२ असार २०८३, मंगलबार

फाइटर जेटमा गलत ह्यान्डल चलाएपछि विमानबाट खसे यी व्यक्ति

बैशाख २, २०७७
फाइटर जेटमा गलत ह्यान्डल चलाएपछि विमानबाट खसे यी व्यक्ति

फाइटर जेटको अनुभव लिन त्यसमा चढेका एक हतियार कम्पनीका अधिकारीले आत्तिएर गलत ह्यान्डल चलाउँदा विमानबाट खसेका छन् । फ्रान्समा भएको यो दुर्घटनापछि अनुसन्धान शुरू गरिएको छ । 

ती ६४ वर्षीय नागरिक फाइटर जेट ह्वात्तै उडेपछि आफ्नो सीटबाट हुत्तिएका थिए । उनी उठे र आफूलाई सम्हाल्न इजेक्सन ह्यान्डल समात्न पुगे । त्यसो गर्दा विमानबाट उनी खस्न पुगे ।

अनुसन्धानकर्मीहरूले यो घटना हुनुमा अनेकौं गल्तीहरू गरिएको पाए । ती यात्रुको स्वास्थ्य अवस्थालाई हेर्दा उनले टेकअफको बेलामा उत्पन्न हुने फोर्स सहन नसक्ने भनिएकोमा त्यसलाई बेवास्ता गरिएको पाइयो । अनि उनी बसेको सीटको फित्ता पनि खुकुलो भएकाले उनी हुत्तिएको पाइयो । विमानबाहिर झर्दा उनको हेल्मेट पनि छुट्यो । 

ती व्यक्तिले फाइटर जेटमा उड्ने कुनै इच्छा व्यक्त गरेका थिएनन् र सैन्य उडानको अनुभव पनि उनीसँग थिएन । उनका साथीहरूले उपहारका रूपमा उडानको प्रस्ताव गरेपछि उनले नकार्न सकेका थिएनन् । 

तर उनले प्यारासुट भिरेकाले उनी खेतमा अवतरण गरे । उनलाई गम्भीर चोटपटक लागेन र अस्पताल लगियो । 

पाइलट पनि झण्डै विमानबाट फुत्केका थिए तर उनले धावनमार्गमा विमान अवतरण गराउन सफल भए । 

घटनाको अनुसन्धान जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्