×

NIC ASIA

कोरोनाविरुद्ध लड्न ‘टास्क फोर्स’ बनाउने सत्तारुढ नेकपाको निर्णय

बैशाख २, २०७७

Prabhu Bank
NTC
Premier Steels

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णालीले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि अघि बढाइएका सरकारी प्रयासलाई सघाउ पुग्ने गरी कोरोनाविरुद्ध लड्न ‘टास्क फोर्स’ बनाउने निर्णय गरेको छ ।

Muktinath Bank

प्रदेश पदाधिकारीको ‘भर्चुअल मिटिङ’ले पार्टी इन्चार्जदेखि टोल कमिटीसम्मलाई कोरोना रोकथाम अभियानमा परिचालन गर्ने निर्णय गरेको नेकपा प्रदेश कमिटीका अध्यक्ष गोरखबहादुर बोगटीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीका अनुसार बैठकले इन्चार्ज जनार्दन शर्मा र सहइन्चार्ज यामलाल कँडेललाई अन्तरप्रदेश संयोजन, अन्तर्राष्ट्रिय अनुभव सम्प्रेषण गर्ने, प्रदेशबाहिर रहेका कर्णालीका नागरिकलाई समस्यामा पर्न नदिन उचित व्यवस्थापन गर्ने, मातहतका कमिटीबाट आएको रिपोर्टको विश्लेषण गर्ने, मेडिकल सामग्री, खाद्यान्न लगायत अत्यावश्कीय वस्तुको आपूर्तिबारे केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी तोकेको छ । 


Advertisment
Nabil box
Kumari

नेकपाले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थापनलाई सहज बनाउन कर्णाली प्रदेशलाई सुर्खेत, जुम्ला र चौरजहारी गरी ३ वटा केन्द्रमा विभाजन गरेको छ । कर्णाली प्रदेश सरकारले यी स्थानका अस्पतालमा संक्रमितको उपचार गर्ने गरी आइसोलेसन वार्ड निर्माण गरिसकेको छ । चौरजहारीमा प्रदेश सहइन्चार्ज कालीबहादुर मल्ल, सुर्खेतमा प्रदेश सचिव मायाप्रसाद शर्मा र जुम्लामा प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ । पार्टी केन्द्रीय सदस्यलाई आ–आफ्नो जिल्लामा परिचालित हुन निर्देशन दिएको छ । 

Vianet communication

‘प्रदेश कमिटीले स्थानीय तहमा ५–७ घरको सहकार्यमा युनिट निर्माण गर्न सर्कुलर गरेको छ । युनिटले आपसमा मिलेर जनताका समस्या सहजीकरण गर्नेछ,’ अध्यक्ष बोगटीले भने, ‘पहाडको ठाउँमा मेलापात गर्नुपर्ने हुन्छ, यतिबेला अन्नबाली पाकिरहेको छ, अन्नबाली भित्र्याउन त्यहीँ युनिटलाई परिचालित भएर काम गर्ने व्यवस्था गर्दैछौं, खाद्यान्नको समस्या भए प्रदेशमा रिपोर्टिङ गर्न सर्कुलर गरेका छौं । सर्कुलरमा वडास्तरमा एउटा व्यवस्थापन समिति तथा शीघ्र उद्वार कार्यदल गठन गर्न भनिएको छ ।’ 

स्थानीय तहमा कुनै समस्या आएमा जिल्लाले संयोजन गरेर विपद् व्यवस्थापन समितिमार्फत समाधान गरिने जनाइएको छ । जिल्लाले पनि नसके प्रदेश कमिटीमा पठाउने र प्रदेश सरकारमार्फत समाधान खोजिने छ ।

बैठकले खाद्य अवस्थाको अध्ययन गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । जसले खाद्यान्न आपूर्ति तथा राहत वितरण कार्य प्रभावकारी हुने अपेक्षा गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x