०३ साउन २०८३, आइतबार

उत्तर कोरियाले गर्‍यो छोटो दूरीको क्षेप्यास्त्र परीक्षण

बैशाख २, २०७७
उत्तर कोरियाले गर्‍यो छोटो दूरीको क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले मंगलवार छोटो दूरीको एन्टी–शिप क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । ती क्षेप्यास्त्रहरू सी अफ जापानमा विसर्जन गरिएका थिए ।

यससँगै सुखोइ जेटमा एयर–टु–सर्फेस क्षेप्यास्त्र पनि परीक्षण गरिएका छन् । 

क्षेप्यास्त्र परीक्षण उत्तर कोरियाको राष्ट्रिय पर्वका रूपमा मनाइने किम इल सुङको जन्मजयन्तीको पूर्वसन्ध्यामा गरिएको हो । 

बिहान ७ बजे एन्टी–शिप क्षेप्यास्त्रहरू पूर्वी तटको शहर मुनचोनभन्दा १५० किलोमिटर पर समुद्रमा खसेका थिए । 

अमेरिकी जासूसी संस्थासँग मिलेर यी परीक्षणहरूको विस्तृत विश्लेषण गरिने दक्षिण कोरियाली सेनाले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्