०९ साउन २०८३, शनिबार

चट्याङले विद्युत प्राधिकरणको ‘सिस्टम कोल्याप्स’ मुलुकभर बत्ती गयो

चट्याङले विद्युत प्राधिकरणको ‘सिस्टम कोल्याप्स’ मुलुकभर बत्ती गयो
प्रतिकार्यात्मक तस्वीर।

चट्याङले नेपाल विद्युत प्राधिकरणको मुख्य प्रसारण लाइन अवरुद्ध मंगलबार साँझ देशभरकै बत्ती गएको छ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार मंगलबार साँझ ढल्केवरदेखि चन्द्रनिगाहपुरको बीचमा चट्याङ खस्दा ‘सिस्टम कोल्याप्स’  भएको हाे। फलतः मुलुकभर बत्ती गएकाे थियाे।

अहिले विस्तारै एकपछि अर्को क्षेत्रमा विद्युत आपूर्ति गर्ने काम भइरहेको  र मुलुकभर नै बत्ती सूचारु गर्न एक घन्टा लाग्न सक्ने उनले बताए।

प्राधिकरणले अहिले एउटा एउटा क्षेत्रमा गरी विद्युत सूचारु गरिरहेको छ। सिस्टम कोल्याप्स हुँदा काठमाडौँ उपत्यकामा पनि बत्ती गएको थियो। तर उपत्यकाका केही स्थानमा विद्युत सूचारु भएकोे छ। 
 

salt training

कमेन्ट गर्नुहोस्