२३ असार २०८३, मंगलबार

कोरोनाबाट विदेशमा १४ नेपालीको मृत्यु, ६६५ जना संक्रमित

बैशाख ३, २०७७
कोरोनाबाट विदेशमा १४ नेपालीको मृत्यु, ६६५ जना संक्रमित

कोरोनाको संक्रमणबाट विदेशमा रहेका १४ नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को तथ्यांकअनुसार गत शनिवारसम्म बेलायतमा ८, अमेरिकामा ५ र युएईमा १ जनाको मृत्यु भएको छ ।

६६५ नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । विदेशस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघका शाखा तथा स्थानीय संघसंस्थाबाट प्राप्त जानकारीअनुसार एनआरएनएले सो तथ्यांक तयार पारेको हो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

अमेरिकामा ५ सयभन्दा बढी नेपाली संक्रमित भएका छन् । बेलायतमा १ सय, स्पेनमा १८, युएईमा १०, जर्मनीमा ४, पोर्चुगलमा ८, अस्ट्रेलियामा ९, साउदी अरबमा ४, कुवेतमा ५, जापान, मलेसियामा, म्यानमार र हङकङमा १–१ जनामा कोरोना संक्रमण भेटिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्