×

NMB BANK
NIC ASIA

बिरामी बोक्नुपर्ने एम्बुलेन्स यात्रु बोकेर साइरन बजाउँदै खुरुरु !

बैशाख ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

उपत्यकाबाट बाहिरिने र भित्रिने एम्बुलेन्सले यात्रुहरू ओसारपसार गरेको पाइएको छ ।

Muktinath Bank

बिरामी ओसारपसार गर्ने एम्बुलेन्समा बिरामी भएको नाटक गराएर यात्रु ओसारपसार गर्ने गरेको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार बिहान ११ः४५ बजेको समयमा काठमाडौंको सतुंगलमा बा १४ च ७७११ नम्बरको एम्बुलेन्स ४ जना यात्रु चितवनका लागि हाल्दै थियो ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

२ जना महिला र २ जना पुरुष एम्बुलेन्समा चढिसकेको अवस्थामा लोकान्तरकर्मीले सोध्दा नबोलिकन गाडी हुइँकियो ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी रग्तसञ्चार केन्द्र भरतपुर चितवन लेखिएको बा २ च १६६ नम्बरको एम्बुलेन्स यात्रु चढाउनका लागि तयारी अवस्थामा थियो ।

लोकान्तरको गाडी देखेपछि उनीहरू हताहतार साइड लागे तर लोकान्तरको गाडी पर पुगिसकेपछि यात्रु चढाएर एम्बुलेन्स अगाडि बढ्यो ।

अत्यावश्यक बिरामी बोक्ने एम्बुलेन्सले साधारण यात्रु बोकेर साइरन बजाएर जाने गरेका छन् । 

अत्यावश्यक सवारी साधन भएकाले एम्बुलेन्स निगरानीमा नपर्ने नागढुंगामा ड्यूटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार सुनिल नेपालीले बताए ।

‘एम्बुलेन्सलाई खासै चेकजाँच गर्न पनि मिल्दैन, बिरामी बोकेर आएका हुन्छन् भन्ने हामीलाई विश्वास हुन्छ, तर कसैले यस्तो काम गरेका रहेछन् भने हामी छाड्दैनौं,’ हवल्दार नेपालीले लोकान्तरसँग भने ।

उपत्यकाबाट बाहिर जाने अधिकांश एम्बुलेन्सहरू खाली जाने गरेको र यदि शंकास्पद लोगेको खण्डमा प्रहरीले सोधखोज गर्ने गरेको हवल्दार नेपालीले बताए ।

अस्पतालबाट डिस्चार्ज भएर घर जानेहरूलाई भने जान दिने गरेको र ट्रक चालकहरूले गाडीमा जथाभावी मानिसहरू बोकेर ल्याएको पाइए नागढुंगामा ओराल्ने गरेको ट्राफिक जवान मनोज चापागाइँले बताए ।

‘बिरामी निको भएर घर फर्कन लागेका मानिसहरूलाई हामीले जान दिने गरेका छौं तर कतिपय ट्रक चलाकहरूले मानिसहरू लिएर आउनुभएको हुन्छ, त्यस्तोलाई भने हामीले जान दिएका छैनौं,’ जवान चापागाइँले लोकान्तरसँग भने ।

कुराकानीका क्रममा लु १ च ७६६६ नम्बरको एम्बुलेन्स रित्तै फर्किन लागेको भेटियो ।

यस्तै लु १ च ७६६६ एम्बुलेन्स चालकले चितवनबाट काठमाडौंको टिचिङ अस्पतालमा अत्याधिक रक्तस्राप भएर एकजना बिरामी लिएर आएको र फर्किँदा खाली नै फर्किन लागेको बताए ।

‘अत्यधिक रक्तश्रावको बिरामी लिएर म टिचिङ अस्पताल आएको थिएँ, अहिले रित्तै फर्किंदैछु, अरू मानिस बोक्ने गरेको छैन,’ उनले लोकान्तरसँग भने ।

बाटोमा हिँडिरहेका मानिसहरूले रोक्न खोजे पनि आफूले नरोक्ने गरेको उनले बताए ।

विनापीपीई बिरामी बोक्दा डर लाग्छ

विनापीपीई बिरामी बोक्दा कोरोनाको संक्रमण हुन्छ कि भन्ने डर लाग्ने गरेको एम्बुलेन्स चालकहरूले बताए ।

दाङबाट बिरामी बच्चालाई लिएर आएको रा १ च ४२९ नम्बरको एम्बुलेन्सका चालक भागवत चौधरीले विना पीपीई एम्बुलेन्स चलाइरहेका थिए ।

उनी टिचिङ अस्पतालमा बिरामी छाडेर फर्कंर्दै थिए, तर उनीसँग पीपीईको कुरै छाडौं गतिलो मास्क समेत छैन ।

‘हामीलाई कसले मास्क र पीपीई दिने ? यत्तिकै बिरामी बोक्दा डर त लाग्छ तर के गर्नु बिरामी बोक्नै पर्‍यो,’ चौधरीले लोकान्तरसँग भने ।

यस्तै विना पीपीई बिरामी लिएर आएका चितवनको लु १ च ७६६६ नम्बरका एम्बुलेन्स चालकको भनाइ पनि उस्तै छ । उनले पनि काठमाडौंमा पीपीई किन्न पाइने भन्ने सुनेकाले खोज्न हिँडेको बताए ।

‘डर–डरमा काम गर्नुपर्छ, पीपीई किन्न पाइन्छ रे भनेर खोज्दै हिँडेको छु,’ ती चालकले लोकान्तरसँग भने ।

२४ घण्टामा ७० एम्बुलेन्स काठमाडौं भित्रिए

पछिल्लो २४ घण्टामा ७० वटा एम्बुलेन्स राजधानी भित्रिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगामा रहेको पछिल्लो २४ घण्टाको तथ्यांकलाई हेर्दा उपत्यकामा ७० वटा एम्बुलेन्स भित्रिएका छन् भने ८९ वटा एम्बुलेन्स बाहिरिएका छन् ।

२४ घण्टामा १ हजार ३१६ वटा सवारी साधनहरू अवातजावत गरेको देखिन्छ, जसमध्ये ४ सय ६८ वटा सवारी साधनहरू भित्रिएका छन् भने ८ सय ५० सवारी साधन बाहिरिएका छन् ।

उपत्यकामा भित्रनेको भन्दा बाहिरिनेको संख्या बढी देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x