२४ असार २०८३, बुधबार

चट्याङ लागेर २ जनाको मृत्यु

बैशाख ३, २०७७
चट्याङ लागेर २ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

दार्चुलामा चट्याङ लागेर १ बालिकाकोे मृत्यु भएको छ ।

शैल्यशिखर नगरपालिका–६ तिखाधारकी ७ वर्षीया लक्ष्मी खातीको मंगलवार राति मृत्यु भएको हो ।

घरभित्रै बसेको अवस्थामा चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

घटनामा अन्य ५ जना घाइते भएका छन् । राति ८ बजे घरमा चट्याङ परेको हो । चट्याङ लागेर सीता खाती र छोरा राजेन्द्र खाती सामान्य घाइते भएका छन् ।

चट्याङले घर पूर्णरूपमा क्षति हुनुका साथै गोठमा रहेका दुहुनो गाई र गोरु मरेको छ । यस्तै व्याँस गाउँपालिका–५  धौलाकोटमा चट््याङ लागेर एक भैंसी र एक बाख्रासमेत मरेको छ । 

मकवानपुरको राक्सिराङ गाउँपालिका–७ धिराङमा बुधवार बिहान परेको चट्याङले १ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । मृत्यु हुने राक्सिराङ गाउँपालिका–७ धिराङ निवासी ४१ वर्षीय चैत्र प्रजा भएको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।

वडामा चट्याङ परी ३ जना घाइते भएको भन्ने बुझिएकाले घटनाको अध्ययन गर्न र घाइतेलाई उपचारका लागि मनहरि ल्याउन प्रहरीको टोली आज बिहानै त्यसतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्