२३ जेठ २०८३, शनिबार

पैदलयात्रीलाई खाजा खुवाउँदै गाडी चढाउँदै गाउँपालिका

बैशाख ८, २०७७
पैदलयात्रीलाई खाजा खुवाउँदै गाडी चढाउँदै गाउँपालिका

केन्द्र सरकारको निर्देशनानुसार चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले  पैदलयात्रीलाई सहजता प्रदान गर्दै आएको छ । विभिन्न जिल्लाबाट गाउँपालिका हुँदै घर जान हिडेँका पैदलयात्रीलाई खाजा खुवाउँदै पठाउने गरेका हुन् ।  

लकडाउनका कारण प्रभावित भई राजधानी काठमाडौँ र धादिङबाट घर जान राजमार्गमा हिँडेरै आएका पैदलयात्रीलाई चितवन र धादिङको सीमाना मौवाखोलामा खाजा खुवाउँदै गाडीमा चढाएर गन्तव्यतर्फ पठाउने गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिए। पैदलयात्रुलाई आवश्यक सहयोग गर्न निरन्तर आफैँ खटिएको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।  

अध्यक्ष  गुरुङले भन्नुभयो, “म केही दिन अघिदेखि निरन्तर  खटिरहेको छु केन्द्रीय राजधानी काठमाडौँ र धादिङदेखि आएका पैदलयात्रीलाई खाजा खुवाएर गाडी चढाउँदै उनीहरुलाई गन्तव्यतर्फ पठाउने गरेको छु ।” गाउँपालिकाले पैदलयात्रीको स्वास्थ्य जाँचसमेत गरी  पठाउने  गरिएको उनले बताए । 

अध्यक्ष गुरुङका अनुसार अहिलेसम्म झण्डै एक हजार पैदलयात्रीलाई मौवाखोलाबाट गाडीमा चढाएर गन्तव्यमा पठाएका छन् । यतिमात्र नभई गाउँपालिकाले लकडाउनकै बेला देशका विभिन्न स्थानमा काम गर्दागर्दै अलपत्र परेका इच्छाकामना गाउँपालिकाका झण्डै १०० मजदूरलाई समेत उद्धार गरेका  थिए ।  

कोरोना राहत कोषमा सहकारीको ५५ हजार  

यसैबीच साना किसान कृषि सहकारी संस्था लिमिटेड इच्छाकामना–४ कुरिनटारले कोरोना राहत कोषमा रु ५५ हजार सहयोग गरेको छ । सहकारीका अध्यक्ष नरबहादुर नेपालले गाउँपालिकाको कार्यालय कुरिनटारमा अध्यक्ष गीताकुमारी गुरुङलाई चेक हस्तान्तरण गरेका हुन् ।

कोभिड–१९ को जोखिमबाट बच्नका लागि गरिएको लकडाउनपछि दैनिक ज्यालादारी र विपन्न वर्गलाई दैनिक छाक टार्न  गाह्रो भइरहेका बेला सहकारीले सामाजिक उत्तरदायित्वको बहन गर्दै कोरोना कोषमा आर्थिक सहयोग गरिएको सहकारीका अध्यक्ष नेपालले बताए । गाउँपालिका अध्यक्ष गुरुङले धन्यवाद दिँदै सबै एकजुट भएर  लागे कोरोनाबाट बच्न सकिने बताए ।  

salt training

कमेन्ट गर्नुहोस्