१९ असार २०८३, शुक्रबार

इजरायलमा सरकारको विरोधमा सामाजिक दूरी कायम गर्दै प्रदर्शन

बैशाख ८, २०७७
इजरायलमा सरकारको विरोधमा सामाजिक दूरी कायम गर्दै प्रदर्शन

इजरायलमा आइतवार हजारौं मानिसले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्वको सरकारको विरोध गर्दै प्रदर्शन गरेका छन् । तर कोरोना संक्रमण फैलिन नदिनका लागि सामाजिक दूरी अपनाउँदै उनीहरू एकअर्काभन्दा दुई मिटर पर उभिए । 

राजधानी तेल अभिभको रबिन स्क्वेयरमा सयौं मानिस सरकारको विरोध गर्न भेला भएका हुन् । 

हारेट्ज पत्रिकाले दुई हजारभन्दा बढी प्रदर्शनकारी भेला भएको अनुमान गरेको छ । उनीहरू एकअर्काबाट दुई मिटर पर रही उभिएका थिए र उनीहरू उभिएको ठाउँमा कालो क्रसले चिह्न लगाइएको थियो । यसरी दूरी राखेर मानिसहरू भेला भएको दृश्य अनौठो देखिन्थ्यो । 

इजरायलमा कालो झण्डा प्रदर्शन लामो समयदेखि चलिरहेको छ । सामाजिक दूरी पालन गर्ने शर्तमा प्रहरीले प्रदर्शन गर्न दिएको थियो । विरोध कार्यक्रम आयोजकहरूले प्रदर्शनकारीलाई मास्क दिनुपर्ने शर्त पनि थियो । 

अघिल्लो महिना देशमा सुरक्षा निकायहरूलाई दिइएको संकटकालीन अधिकारको विरोधमा यो प्रदर्शन गरिएको थियो । नयाँ अधिकार पाएपछि देशको जासूसी संस्था शिन बेटले नागरिकहरूको मोबाइल फोन डेटा ट्य्राक गर्ने अधिकार पाएको छ । क्वारेन्टीन उपाय अवलम्बन गराउनका लागि मोबाइल ट्य्राक गर्न खोजिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्