२० असार २०८३, शनिबार

वुहानमा अनुसन्धानका लागि विज्ञहरू पठाउने ट्रम्पको तयारी

बैशाख ८, २०७७
वुहानमा अनुसन्धानका लागि विज्ञहरू पठाउने ट्रम्पको तयारी

कोरोनाभाइरस महाव्याधिले संसार आक्रान्त पारेको बेलामा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प चीनमाथि यसको दोष थुपार्न व्यस्त छन् । 

महाव्याधि कसरी शुरू भयो भन्ने कुरा बुझ्नका लागि ट्रम्प केही विज्ञहरूलाई वुहान पठाउने योजना बनाइरहेका छन् । 

ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा ट्रम्पले भाइरस फैलाएकोमा चीनले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । उनले भने, ‘हामीले चिनियाँ अधिकारीहरूसँग निकै पहिले कुरा गरेका थियौं र अब हामी भित्र जान चाहन्छौं । वुहानमा के भइरहेको छ, हामी हेर्न चाहन्छौं । तर उनीहरू हामीलाई स्वागत गर्न तयार छैनन् ।’

ट्रम्पले थपे, ‘चीनसँग व्यापार सम्झौता हुँदा म निकै खुशी थिएँ तर चीनबाट यो रोग आएपछि चाहिँ चिन्ता लाग्न थालेको छ ।’

वुहानको एक प्रयोगशालाबाट कोरोनाभाइरस जन्मेको हो कि भन्ने विषयमा अमेरिकाले अनुसन्धान गर्न खोजिरहेको छ । 

ट्रम्पले अमेरिकी अनुसन्धानमा जे परिणाम देखिन्छ, त्यसैको आधारमा कारवाही अघि बढाउने बताए । 

salt training

कमेन्ट गर्नुहोस्