२८ जेठ २०८३, बिहीबार

बन्दाबन्दी उल्लंघन गर्नेलाई तीन घण्टा कक्षा

बैशाख ८, २०७७
बन्दाबन्दी उल्लंघन गर्नेलाई तीन घण्टा कक्षा

सिन्धुपाल्चोकमा कोभिड–१९ संक्रमणबाट सुरक्षित रहन लगाइएको बन्दाबन्दी उल्लंघन गर्नेलाई डेढघण्टा सडकमा उभ्याइने गरेको छ ।

अर्को डेढघण्टा कोरोना भाइरस संक्रमणविरुद्ध  जानकारी गराई सम्झाइबुझाई छाडिने गरेको  प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

जिल्लामा हालसम्म लकडाउन उल्लंघन गर्नेलाई तीन हजार ३६९ जनालाई कारबाही गरिनाका साथै २४६ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ ।

त्यस्तै ४७ मोटरबाइक र एउटा यात्रु बसलाई कारबाहीसमेत गरिएको छ । त्यस्तेै तीन बलेरो जीपका चालकलाई बिनाअनुमति यात्रु ओसारपसार गरेको पाइएपछि अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा चलाइएको छ ।

गत चैतभित्र भारतलगायत विभिन्न देशबाट घर फर्केका ३६३ जनाको विवरण सङ्कलन भइसकेको र अन्य पनि संकलन भइरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्