२३ जेठ २०८३, शनिबार

वडाध्यक्षले मनोमानी गरेको भन्दै वडा सदस्यद्वारा राजीनामा

बैशाख ८, २०७७
वडाध्यक्षले मनोमानी गरेको भन्दै वडा सदस्यद्वारा राजीनामा

प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का वडा सदस्य ऋषिराम घर्तीले वडा सदस्यबाट राजीनामा दिएका छन् ।

स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित घर्तीले वडाध्यक्षले एकलौटी निर्णय गरेको आरोप लगाउँदै पदबाट राजीनामा दिएको  बताए ।
 
वडाध्यक्ष पदमप्रसाद भट्टराईले उनले यही वैशाख ५ गते राजीनामा दिए पनि  तीन दिनसम्म बोलाउँदा सम्पर्कमा नआएपछि आज  स्वीकृत गरिएको जानकारी दिए ।

तत्कालीन नेकपा(माओवादी केन्द्र)का तर्फबाट विजयी भट्टराईले वडाका अन्य पदमा जनमोर्चाकै सदस्य भएका कारण  हरेक काममा असहयोग हुने गरेको बताउँदै सदस्य घर्तीले लगाएको आरोप गलत भएको विचार राखे ।

उनले यस्तो विपद्का समयमा राजीनामा दिनु गलत भएको बताउँदै केही समस्या भए छलफल गरेर जान सकिने विकल्प हुँदाहुँदै  सम्पर्कमै नआउनु गलत भएको प्रतिक्रिया दिए ।

salt training

कमेन्ट गर्नुहोस्