
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ ।
बैठक सोमवार साँझ साढे ५ बजे बस्ने गरी बोलाइएको एक सचिवालय सदस्यले लोकान्तरलाई बताए ।
आइतवार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेपछि नेकपाभित्र तीव्र विवाद बढेको थियो ।
त्यही विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।