१४ असार २०८३, आइतबार

९ हजारको थर्मल गन १३ हजारमा बिक्री, सरकारले तिरायो २ लाख जरिवाना

९ हजारको थर्मल गन १३ हजारमा बिक्री, सरकारले तिरायो २ लाख जरिवाना
प्रतिकार्यात्मक तस्वीर।

लकडाउनको मौका छोपेर चर्काे मूल्यमा औषधि तथा चिकित्सा सामग्री बिक्री गर्ने र खरीद बिल नहुने गरी चार  पसललाई सरकारले  कारवाही गरिएको छ। सोअनुसार थर्मल गन र कीटनाशक औषधि (सोडियम हाइपोक्लाराइड) बिक्रीवितरण गरेको जनाई दुई पसललाई कारवाही गरिएको छ ।

बजार अनुगमनका क्रममा त्रिपुरेश्वरका उक्त पसललाई सोमबार कारवाहीस्वरुप  दुईदुई लाख जरिवाना गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य,  आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार त्रिपुरेश्वरस्थित शिरीष सप्लायर्सले  नौ हजारमा खरीद गरिएको थर्मल गन  १३ हजारमा बिक्री गरेको कारवाहीस्वरुप जरिवाना गरिएको हो ।
त्यस्तै इन्टरनेशनल प्याथो साइटिफिक टेड्रर्सलाई सोडियम हाइपोक्लोराइड बढी मूल्यमा बिक्री गरेको पाइएकाले जरिवाना गरिएको हो । सोडियम हाइपोक्लोराइड अस्पताल, घर, गाडी, सडक आदि स्थानलाई कीटाणुरहित (डिसइन्फेक्सन) गर्न प्रयोग हुने कीटनाशक औषधि हो । दुवै पसललाई उपभोक्ता संरक्षण ऐन २०७५  बमोजिम कारवाही गरिएको उहाँले जानकारी दिए।

 त्रिपुरेश्वरस्थित गौतम इन्टरनेशनल प्रालिमा खरीद बिल नभेटिएपछि आजै कारवाहीस्वरुप ४० हजार जरिवाना गराइएको छ । उहाँका अनुसार उक्त पसलमा स्यानिटाइजर, मास्कलगायत सामग्रीको खरीद बिल भेटिएन ।

त्यस्तै जोरपाटीस्थित एसबिएस भेराइटीलाई २०  हजार जरिवाना गरिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्