१५ असार २०८३, सोमबार

सेते कुकुरको मृत्युमा स्याङ्जा शोक मग्न, गरियो मान्छेको जस्तै दाहासंस्कार

कात्तिक २०, २०७४
सेते कुकुरको मृत्युमा स्याङ्जा शोक मग्न, गरियो मान्छेको जस्तै दाहासंस्कार
काठमाडौं, ७ पुस — स्याङ्जामा एउटा कुकुरको व्यवस्थित तरिकाले दाहा संस्कार गरिएको छ । स्याङ्जाको पुतलीबजारमा देखिने सेते कुकुरको मृत्यु भएसँगै सो कुकुरको व्यवस्थित तरिकाले दाहासंस्कार गरिएको हो ।
मान्छेको मृत्युपछि जस्तो गरेर सो सेते कुकुरलाई दाहा संस्कार गरियो । सो कुकुरलाई मान्छेलाई जस्तै बाँसमा बाधेर आर्यघाट पु-याइएको थियो ।

बाँसको खाटामा सुताएर सेतो कात्रो र हरे राम पनि ओढाइएको थियो । सो कुकुरलाई आँधीखोलाको किनारमा पु-याइयो । उपस्थित स्थानीयले खाल्डो खने र निकै सम्मानका साथ पुरे ।

स्याङ्जाका स्थानीयहरूले सो कुकुरले धेरै वर्ष पहिले देखि पुतली बजारमा सुरक्षा प्रदान गर्दै आएकोले उसको मृत्युपछि व्यवस्थित तरिकाले दाहा संस्कार गरिएको हो ।
केही दिन देखि बिरामी भएको सतेको मृत्यु उमेर अवस्थाको कारणले भएको हुन सक्ने स्थानीयले जनाएका छन् ।


तस्वीरहरू : पत्रकार प्रतिक्षा काफ्लेको फेसबुकबाट

salt training

कमेन्ट गर्नुहोस्