२५ जेठ २०८३, सोमबार

अध्यादेशमार्फत पैसाको बलमा पार्टी फुटाउने षड्यन्त्र भयो – उपेन्द्र यादव

अध्यादेशमार्फत पैसाको बलमा पार्टी फुटाउने षड्यन्त्र भयो – उपेन्द्र यादव
फाइल तस्वीर

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारको पछिल्लो कदमले देशलाई नै ठूलो दुर्घटनामा पार्ने बताएका छन् । मंगलवार एक विज्ञप्ति जारी गर्दै यादवले आर्थिक चलखेल गरी पार्टी फुटाउने षड्यन्त्र गर्न अध्यादेश ल्याइएको बताए ।

सरकारले सोमवार ‘राजनीतिक दल सम्बन्धी (दोश्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद(काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ मार्फत् कानूनहरु संशोधन गरेको थियो ।

‘राजनीतिक पार्टीहरुलाई सत्ता–शक्ति, पद र आर्थिक चलखेल गरी फुटाउने षड्यन्त्रगर्न अध्यादेश ल्याइएको हो । यसले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र लोकतन्त्रलाई समाप्त पारी देशलाई नै ठूलो दुर्घटनामा पार्ने देखिन्छ,’ यादवले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

उनले नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई धरापमा पार्ने र सिंगो मुलुकलाई नै द्वन्द र अस्थिरतातर्फ धकेल्ने बताए ।

‘उक्त अध्यादेश लोकतन्त्र र संविधानको मर्म र भावनाका प्रतिकूल हुनुका साथै देश र जनताको हितविरुद्ध पनि छन्,’ विज्ञप्तिमार्फत यादवले भनेका छन्, ‘यसलाई सरकारले फिर्ता लिनु पर्दछ । कोरोना महामारीबाट जनताको जीवनको रक्षा गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय हितका लागि सरकारले चालेको गैर–लोकतान्त्रिक कदमका विरुद्ध एकतावद्ध हुन आम जनसमुदाय तथा लोकतान्त्रिक शक्तिहरुसँग अनुरोध छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्