१८ असार २०८३, बिहीबार

र्‍यापिड टेस्टबाट पश्चिम नवलपरासीमा एक जनामा कोरोना पोजेटिभ

बैशाख ९, २०७७
र्‍यापिड टेस्टबाट पश्चिम नवलपरासीमा एक जनामा कोरोना पोजेटिभ

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा गरिएको र्‍यापिड टेस्टमा एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।

बर्दघाट नगरपालिका–४ का ७८ वर्षीया वृद्धमा गरिएको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले लोकान्तरलाई जानकारी दिए । उनलाई अहिले बुटवलस्थित कोरोना विषेश अस्पतालको आइसुलेसन अस्पतालमा पठाइएको छ ।  

उनको बर्दघाटस्थित चिसापानी अस्पतालमा परीक्षण गरिएको हो । छातिमा समस्या आएपछि उनी अस्पताल पुगेका थिए ।

उनको स्वाब निकालेर थप परीक्षण गर्न भैरहवास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा. होदाले बताए  । परीक्षणमा कोरोना संक्रमण देखिएपछि उनका सबै परिवारलाई तत्कालै र्‍यापिड टेस्ट गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभि आएको छ ।

स्वाब निकाल्नका लागि मंगलबार मात्र प्रदेश सरकारले ‘भिटिएम’ पठाएकाले तत्कालै स्वाब संकलन गरेर लैजान सहज भएको डा. होदाले बताए ।

जिल्लामा र्‍यापिड टेस्ट गरिएकामध्ये कोरोना संक्रमण देखिएको यो पहिलो हो । जिल्लामा हालसम्म १ सय ३१ जनाको र्‍यापिड टेस्टबाट परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्