
भारतमा कोरोना भाइरस संक्रमितको संख्या १९ हजारको हाराहारीमा पुगेको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडा अनुसार भारतमा कोरोना संक्रमितको संख्या १८ हजार ९ सय ८५ पुगेको हो।
मन्त्रालयको वेबसाइटमा उल्लेख भएअनुसार संक्रमितमध्ये ६ सय ३ जनाको ज्यान गएको छ।
संक्रमितमध्ये ३ हजार २ सय ५९ जना उपचार पश्चात निको भएर घर फर्किएका छन। बाँकी १५ हजार १ सय २२ जनाको भारतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।