२७ जेठ २०८३, बुधबार

एसईईको तयारी, रेडियोबाटै लिन थालियो कक्षा

बैशाख १०, २०७७
एसईईको तयारी, रेडियोबाटै लिन थालियो कक्षा

धादिङबेँसीबाट सञ्चालनमा भइरहेको रेडियो धादिङ १०६  मेगाहर्जले  शनिबारदेखि  एसईई  तयारी  कक्षा  सञ्चालन  गरेको  छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको महामारीका बेला विद्यार्थीको  एसईई  परीक्षालाई  मध्यनजर  गरी  रेडियोबाटै  परीक्षाको  तयारी  शुरू गरेको  हो ।

एसईई  परीक्षाको  तयारीलाई  निरन्तरता  दिँदै  बन्दाबन्दीको  समयमा अध्ययन गर्ने बानीलाई थप प्रोत्साहित गर्ने, बन्दाबन्दीका बेला परीक्षाको मिति कुरेर  बसेका  विद्यार्थीको  पढाइलाई  फाइदा  पुगोस्  भन्ने  उद्देश्यले  तयारी  कक्षा सञ्चालन गरेको स्टेसन म्यानेजर राजाराम शर्माको भनाइ छ ।

रेडियो धादिङबाट अनिवार्य तथा ऐच्छिक गणित, अङ्ग्रेजी, विज्ञान र नेपाली विषयको कक्षा १० मा अध्यापनरत शिक्षकबाट बिहान र बेलुकाको समयमा पढाइ भइरहेको छ ।

रेडियो धादिङको फेसबुक पेज र अनलाइनबाट एसईई तयारी कक्षा कार्यक्रममा सहभागिताका लागि विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयलाई रेडियोले अनुरोध गरिएको छ । विद्यार्थीले नबुझेका कुरा फोन तथा एसएमएसमार्फत सोध्न सक्ने र शिक्षकहरूबाट समाधानमा सहयोग गर्ने व्यवस्थासमेत रेडियोले मिलाएको छ गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्