०७ साउन २०८३, बिहीबार

कोरोनाको उपचार जडीबुटीको चियाले ? माडागास्करका राष्ट्रपतिको अनौठो सुझाव

बैशाख १०, २०७७
कोरोनाको उपचार जडीबुटीको चियाले ? माडागास्करका राष्ट्रपतिको अनौठो सुझाव

कोरोनाको उपचार जडीबुटीको चियाले ? माडागास्करका राष्ट्रपतिको अनौठो सुझावअफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति आन्द्रे राजोएलिनाले कोरोनाभाइरसको रोकथाम तथा उपचारका लागि भन्दै स्थानीय जडीबुटीबाट बनेको चियाको औपचारिक शुभारम्भ गरेका छन् । 

‘यसको परीक्षण गरिएको छ । दुईजनालाई यसको उपचारले निको बनाएको छ,’ राजोएलिनाले मन्त्री, कूटनीतिकर्मी र पत्रकारहरूलाई बताए ।

मालागासी इन्स्टिच्युट अफ एप्लाइड रिसर्चले यो चिया बनाएको हो । 

‘यो जडीबुटी चियाले सात दिनमा असर देखाउँछ,’ उनले भने । 

शुभारम्भ समारोहमा चियाको चुस्की लिँदै उनले भने, ‘यो चिया म तपाईंहरूका अगाडि पिइरहेको छु । यसले निको पार्छ, मार्दैन भन्ने देखाउन म पिइरहेको छु ।’

चियाको नाम कोभिड–अर्ग्यानिक्स राखिएको छ र यो आर्टेमिसिया बिरुवा तथा अन्य स्थानीय जडीबुटीको मिश्रणबाट बनाइएको हो ।

तर चियाको सुरक्षा र प्रभावकारितालाई अन्तर्राष्ट्रिय रूपमा मूल्यांकन गरिएको छैन अनि समकक्षी समीक्षा गरिएका अध्ययनमा यसको परीक्षणको कुनै डेटा प्रकाशन गरिएको छैन । वैज्ञानिकहरूले परीक्षण नगरिएका जडीबुटीबाट खतरा हुनसक्ने चेतावनी दिएका छन् । 

विश्व स्वास्थ्य संगठनले मानिसहरूलाई कोभिड–१९ को उपचारका विषयमा सजग रहन भनेको छ । संगठनका प्रतिनिधिहरू शुभारम्भ समारोहमा उपस्थित थिएनन् । 

कमेन्ट गर्नुहोस्