०४ साउन २०८३, सोमबार

अमेरिकाको मिसूरी राज्यद्वारा चीनविरुद्ध मुद्दा दायर

बैशाख १०, २०७७
अमेरिकाको मिसूरी राज्यद्वारा चीनविरुद्ध मुद्दा दायर

कोरोनाभाइरस महाव्याधि फैलाएको आरोप लगाउँदै अमेरिकाको मिसूरी राज्यले चिनियाँ सरकार तथा अन्य शीर्ष संस्थाविरुद्ध मुद्दा दायर गरेको छ । 

महाव्याधिका कारण राज्यमा नकारात्मक असर परेको र चीनले सूचना लुकाउने, सूचनादातालाई मौन बस्न लगाउने तथा रोग फैलिनबाट रोक्नका लागि ठोस कदम नचाल्ने काम गरेकोले मुद्दा दायर गरिएको मिसूरीका महान्यायाधिवक्ता एरिक स्मिटले बताए । 

मिसूरीमा ६१ सय पाँचजनालाई भाइरस संक्रमण रहेको र कम्तीमा २२९ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको आँकडा छ । 

स्मिटले ईस्टर्न डिस्ट्रिक्टमा रहेको संघीय अदालतमा देवानी मुद्दा दायर गरेका हुन् । 

पहिलो प्रकारको यस्तो मुद्दामा दाबी गरिएको छ, ‘चिनियाँ अधिकारीहरूले जनतालाई ढाँटे, महत्त्वपूर्ण जानकारी दबाए, सूचनादाताहरूलाई पक्राउ गरे, पर्याप्त प्रमाण भए पनि मान्छेबाट मान्छेमा संक्रमण सर्छ भन्ने कुरा अस्वीकार गरे, महत्त्वपूर्ण मेडिकल रिसर्च नष्ट गरे, लाखौं मानिसलाई भाइरसको जोखिममा पारे अनि व्यक्तिगत सुरक्षा उपकरण पनि थुपारे जसले गर्दा विश्वव्याधि फैलियो जुन रोकथाम गर्न सकिन्थ्यो ।’

कानूनविद्हरूका अनुसार, यो मुद्दा टुंगो लाग्न गाह्रो छ किनकि चीनसँग सार्वभौम उन्मुक्तिको संरक्षण छ । 

चिनियाँ सरकारले यसमा प्रतिक्रिया जनाउन बाँकी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्