२८ जेठ २०८३, बिहीबार

चीनमा भेटियो कोरोनाभाइरसको सबभन्दा खतरनाक स्ट्रेन

बैशाख १०, २०७७
चीनमा भेटियो कोरोनाभाइरसको सबभन्दा खतरनाक स्ट्रेन

चीनको झजियाङ विश्वविद्यालयका अनुसन्धाता प्राध्यापक लांजुआनले कोरोनाभाइरसको सबभन्दा खतरनाक स्ट्रेन भेटेको दाबी गरेका छन् । 

उनका अनुसार, कोरोनाभाइरसमा तीव्र रूप परिवर्तन गर्ने (म्युटेसन) को क्षमता छ । अहिलेसम्म यसको यो विशेषतालाई बढी ध्यान दिइएको छैन । 

चीनमा ११ जना रोगीहरूमा गरिएको अध्ययनमा यस भाइरसको सबभन्दा खतरनाक रूप देखिएको छ । 

संक्रमण रोक्नका लागि लकडाउन जरूरी रहेको भनी सुझाव दिने लांजुआन चीनका प्रतिष्ठित वैज्ञानिक हुन् । 

उनका अनुसार, प्रयोगशालामा कोरोनाभाइरसको जुन रूप देखिएको छ त्यो अहिलेसम्म पत्ता लागेको अन्य स्ट्रेनभन्दा खतरनाक छ । चीनको हान्चो प्रान्तमा कोरोना संक्रमितहरूमाथि गरिएको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको हो । 

शोधकर्ताहरू रोगीको शरीरबाट कोशिका लिए र त्यसमा भाइरसको नयाँ स्ट्रेनको असर हेरे । यो युरोपमा भेटिएको कोरोनाको स्ट्रेन जस्तै भएको पाइएको छ । 

अर्को कम खतरनाक स्ट्रेन पनि भेटिएको छ । त्यो स्ट्रेन कोरोनाको सबभन्दा कम संक्रमित क्षेत्रमा पाइएको स्ट्रेन जस्तै छ । 

खोप बनाउन जति आवश्यक छ त्यसको बदलिँदो रूपका कारण पर्ने असरलाई बुझ्नु त्यति नै महत्त्वपूर्ण छ । संसारभरिमा भाइरसको सबभन्दा खराब असर अमेरिका, बेलायत, इटली र स्पेनमा देखिएको छ । दक्षिण कोरिया र न्युजील्यान्डमा संक्रमण कम छ । 

प्राध्यापक लांजुआन र उनको टोलीका अनुसार, कोरोनाभाइरसले ३० वटा रूप विकसित गरेको छ । अनससन्धाताहरूले यसको रूप परिवर्तन गर्ने क्षमतालाई बेवास्ता गरेकाले यसको औषधि विकसित गर्न नसकेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्