०२ साउन २०८३, शनिबार

चिनियाँ वैज्ञानिकहरूको ‘पागलपन’ ले गर्दा कोरोनाभाइरस फैलिएको रुसी विज्ञको आरोप

बैशाख १२, २०७७
चिनियाँ वैज्ञानिकहरूको ‘पागलपन’ ले गर्दा कोरोनाभाइरस फैलिएको रुसी विज्ञको आरोप

रुसका एक माइक्रोबायोलोजिस्टले कोभिड–१९ को उत्पत्तिका विषयमा विवादास्पद दाबी गरेका छन् । 

प्राध्यापक पेत्र चुमाकोभले चीनको वुहानस्थित प्रयोगशालामा भाइरस उत्पत्ति भएको हुन सक्ने भनी फैलिएको हल्लालाई बल पुग्ने अभिव्यक्ति दिएका हुन् । अन्य खोपहरूको अनुसन्धान गर्ने क्रममा भाइरस उत्पन्न भएको हुनसक्ने उनको दाबी छ । 

द टोरन्टो सन पत्रिकामा छापिएको खबरअनुसार, वुहान प्रयोगशालाका वैज्ञानिकहरूले अध्ययनका क्रममा कोरोनाभाइरसलाई परिवर्तन गर्नका लागि पागल काम गरेको चुमाकोभको भनाइ छ । 

वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट भाइरस उत्पन्न भएको भन्ने अनुमान आजकल बाक्लै गरी आउन थालेको छ । 

चुमाकोभ मस्कोस्थित एंगेलहार्ट इन्स्टिच्युट अफ मोलिक्युलर बायोलोजीमा काम गर्छन् र उनको दाबीअनुसार कोरोनाभाइरसलाई परिवर्तन गर्दा यसले मानिसहरूलाई संक्रमित गराएको हुनसक्छ । 

तर वैज्ञानिकहरूले जानीजानी यसो नगरेको उनले स्पष्ट पारे । 

माइक्रोबायोलोजीका अग्रणी विज्ञ चुमाकोभले कुनै खराब नियत नराखिकन चिनियाँ वैज्ञानिकहरूले भाइरसका विभिन्न प्रकार सिर्जना गर्न खोजेको हुनुपर्ने दाबी गरे । 

उनीहरूले अर्कै कुनै रोगका लागि खोप बनाउन खोज्दा यो भूल हुन गएको हुनसक्ने चुमाकोभको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्