१९ असार २०८३, शुक्रबार

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ५० हजार नाघ्यो, ८ लाख ८६ हजार संक्रमित

बैशाख १२, २०७७
अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ५० हजार नाघ्यो, ८ लाख ८६ हजार संक्रमित

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड– १९) का कारण अमेरिकामा ५० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

शुक्रवार बिहानसम्म कोरोनाका कारण अमेरिकामा मृतकको संख्या ५० हजार २ सय ४३ पुगेको छ । 

संक्रमितको संख्या ८ लाख ८६ हजार ७ सय ९ पुगेको छ । अहिलेसम्म ८५ हजार ९ सय २२ जना निको भएका छन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाका कारण अमेरिकामा १ लाख जनाको मृत्यु हुन सक्ने चेतावनी दिएका थिए । 

कोरोनाका कारण विश्वमा अहिलेसम्म २७ लाख २६ हजार संक्रमित छन । शुक्रवार बिहानसम्म १ लाख ९१ हजारको मृत्यु भइसकेको छ ।

इटलीमा २५ हजार ५ सय ४९, स्पेनमा २२ हजार १ सय ५७, फ्रान्समा २१ हजार ८

सय ५६ तथा बेलायतमा १८ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेसम्म ७ लाख ४९ हजार ६ सय ७७ जना पूर्ण रूपमा निको भएका छन् ।

कोरोना महामारीका कराण विश्वका अधिकांश मुलुक एक महिनादेखि लकडाउनमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्