१५ असार २०८३, सोमबार

बच्चा कसरी सुताउने भनी आमाले अन्लाइन कोर्स लिँदै गर्दा शिशुको मृत्यु

बैशाख १२, २०७७
बच्चा कसरी सुताउने भनी आमाले अन्लाइन कोर्स लिँदै गर्दा शिशुको मृत्यु

चीनमा एक आमाले बच्चालाई घोप्टो परेर सुत्नका लागि कसरी तालिम दिने भनी अन्लाइन कोर्स गर्ने क्रममा तीन महिने शिशु सास थुनिएर मरेको छ । 

पहिलोपटक आमा बनेकी ती महिलाले अन्लाइनमा बच्चालाई घोप्टो पारेर सुताउँदा शान्त गर्न सकिने भनी दिएको सुझाव पालन गरिरहेकी थिइन् । 

बच्चा रोइरहेपछि उनले सीसीटीभी फूटेज शेयर गरेर तालिम दिने संस्थाको च्याट ग्रूपमा राखिन् । समूहका अन्य सदस्यले उनलाई बच्चा त्यत्तिकै छोड्न भने तर त्यसले गर्दा बच्चाको सास थुनियो । 

नाम नखुलाइएकी ती आमा दुई घन्टापछि कोठामा बच्चालाई खाना खुवाउन आउँदा मरेको देखेपछि स्तब्ध भएकी थिइन्, चिनियाँ सञ्चारमाध्यमले खबर दिए ।

शांघाईमा रहेको प्यारेन्टिङ संस्थाले बच्चाको मृत्यु सुत्ने पोजिसनको कारणले नभएको प्रतिक्रिया दिएको छ ।

तर उक्त शिशु स्याहार कम्पनी अनुुसन्धानको घेरामा रहेको र घटनापछि त्यो सञ्चालनमा नरहेको अधिकारीहरूले बताएका छन् । 

संस्थाको नाम एमी बेबीकेयर हो र त्यसले पैसा लिएर मातापितालाई अन्लाइन सल्लाह दिने गर्छ । 

शान्तोउ शहरकी ती आमाले आफ्नी छोरीलाई घोप्टो परेर सुत्ने तालिम दिँदै गर्दा सास थुनिएर शिशुको मृत्यु भयो । घटना अघिल्लो साताको बिहीवार भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्