१३ असार २०८३, शनिबार

मुख्यमन्त्री गुरुङको घोषणा : गण्डकी प्रदेश ‘ग्रिन जोन’ !

बैशाख १३, २०७७
मुख्यमन्त्री गुरुङको घोषणा : गण्डकी प्रदेश ‘ग्रिन जोन’ !

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश कोरोनामुक्त ‘ग्रिन जोन’ भएको घोषणा गरेका छन् ।

कोरोना भाइरसबाट संक्रमित प्रदेशका २ जना बिरामी उपचारमा निको भएर घर फर्केपछि मुख्यमन्त्री गुरूङले सो घोषणा गरेका हुन् ।

‘बागलुङ रेडजोन हो भन्ने थियो, बागलुङमा पनि २ वटाभन्दा बढी नदेखिएपछि त्यो पनि ग्रिन जिल्ला हो,’ शनिवार पोखराका पत्रकारसँगको कुराकानीमा उनले भने, गण्डकीका ११ वटै जिल्ला ग्रिन जिल्ला ८५ वटै पालिकाहरू ग्रिन छन् ।’

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार २ पटक नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गर्ने भनेकाले शुक्रवार बागलुङमा उपचारमा रहेकी १९ वर्षकी युवतीको डिस्चार्ज गरिएको र सोसँगै प्रदेश आजको दिनमा कोरोनाबाट मुक्त भएको दाबी गरे ।

उनले अब यसलाई कायम राखौं भन्ने आफ्नो धारणा रहेको बताए । त्यसअघि ६५ वर्षकी वृद्धाको अघिल्लो हप्ता नै डिस्चार्ज गरिएको थियो ।

संक्रमण नियन्त्रण नहुँदासम्म नेपालमा पनि लकडाउन लम्ब्याउनुपर्ने उनको धारणा छ । उनले लकडाउनको मोडल परिवर्तन गर्दै निर्माण र उत्पादनका क्षेत्र खोल्नुपर्ने तर्क गरे ।

‘भारतमा संक्रमण नघट्दासम्म लकडाउन खोल्न हतार गर्नुहुन्न । यसमा लापरवाही गर्नु हुन्न भन्ने पक्षमा छु,’ उनले भने ।

गण्डकीमा हालसम्मको पीसीआर टेस्टमा ५६४ मध्ये ५४० जनाको नेगेटिभ आएको छ । २ जनाको पोजेटिभ आएकोमा उनीहरू निको भएका हुन् । अरु २२ जनाको रिपोर्ट बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

गण्डकीमा झण्डै ५ हजार जनाको कोरोनाको द्रुत परीक्षण गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्