०३ असार २०८३, बुधबार

गर्भवती महिलालाई प्रसूति अस्पतालको अपिलः ठूलो समस्या नपरी अस्पताल नआउनू

बैशाख १३, २०७७
गर्भवती महिलालाई प्रसूति अस्पतालको अपिलः ठूलो समस्या नपरी अस्पताल नआउनू

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले गर्भवती तथा सुत्केरी महिलालाई ठूलो समस्या नपरी अस्पताल नआउनु सुझाव दिएका छन्।

लकडाउनका कारण स्वास्थ्य उपचारमा समस्या भइरहेको प्रति सरकारको आलोचना भइरहेका बेला निर्देशक गौतमले गर्भवती र प्रसूति महिलाले यो अवस्थामा ध्यान दिनुपर्ने विषयमा जानकारी गराएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शनिबार पुगेका निर्देशक गौतमले भने, ‘ज्वरो आएमा, जीउ सुन्निएमा, रक्तचाप बढेमा मात्र गर्भवती महिलालाई अस्पताल जानुपर्छ, होइन भने यो अवस्थामा घरमै बस्नु होला।’ गौतमले गर्भवती महिलालाई नियमित साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न, भिडभाडमा नजाउन र नियमित औषधि सेवन गर्न अनुरोध गरेका छन्।

प्रसूति अस्पतालले प्रसूतिका लागि छुट्टाछुट्टै कक्ष बनाइएको छ। कोरोना संक्रमित गर्भवती महिला भएमा उनीहरुलाई प्रसुति गराउन छुट्टै कक्षको स्थापना गरिएको हो। उनीहरुका लागि अस्पतालमा छुट्टै अप्रेसन कक्ष पनि रहेको उनले जनाए।
 

salt training

कमेन्ट गर्नुहोस्