०४ साउन २०८३, सोमबार

भारतमा धनीहरूलाई बढी कर तिर्न लगाएर गरीबलाई पैसा दिन सिफारिश

बैशाख १४, २०७७
भारतमा धनीहरूलाई बढी कर तिर्न लगाएर गरीबलाई पैसा दिन सिफारिश

भारतमा लकडाउनका कारण प्रभावित बनेको अर्थतन्त्र उकास्नका लागि भारतीय राजस्व सेवाका ५० जना अधिकारीले सरकारसमक्ष एक सिफारिश गरेका छन् । 

उनीहरूको सिफारिश प्रतिवेदनमा एक करोड भारुभन्दा बढीको वार्षिक आमदानी गर्ने मानिसको आयकर दर बढाएर ४० प्रतिशत पुर्‍याउन, सम्पत्ति कर फेरि लागू गर्न र दश लाख भारुभन्दा बढी आम्दानी गर्नेहरूमाथि ४ प्रतिशतको दरले सेस लगाउन भनिएको छ । 

अनि गरीबको खातामा ६ महिनासम्म प्रत्येक महिना पाँच हजार भारुसम्म जम्मा गर्न अनि स्वास्थ्य क्षेत्रका सबै संस्थालाई तीन वर्षसम्म करछुट दिन पनि सिफारिश गरिएको छ ।

कोरोना फैलिन नदिन लगाइएको लकडाउन ४० दिनदेखि जारी छ । यसले गर्दा आर्थिक गतिविधिहरू ठप्प भएका छन् । त्यसको असर सरकारी कोषमा पनि पर्न थालेको छ ।

आफूहरूले गरेको सिफारिशले आर्थिक वृद्धि मजबूत हुने र करबाट आम्दानीमा पनि बढोत्तरी हुने अधिकारीहरूको भनाइ छ । उनीहरूले महाव्याधिको सामना गर्न तथा राजस्वमा वृद्धि गर्न अल्पकालीन अवधि (३ देखि ६ महिना) र मध्यकालीन अवधि (९ देखि १२ महिना) को प्रस्ताव गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्